• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

आमा बनेपछि पनि बलिउडमा सफल रह्यो यी अभिनेत्रीको करियर

एजेन्सी – बलिउडका अभिनेत्रीहरुको करियर कुन मोडमा आएर परिवर्तन हुन्छ भन्ने कुराको कुनै निश्चित हुँदैन । अभिनेत्रीहरुको अफेयर, इन्गेजमेन्ट, विवाह र सम्बन्धविच्छेददेखि आमा बन्नेसम्मको कुराले बलिउडमा निकै चर्चा हुने गर्छ ।

जसले हरेक अभिनेत्रीको जीवनमा कुनै न कुनै असर पारिरहेको हुन्छ । अभिनेत्रीहरुका लागि विवाह गर्नु भने करियरलाई दाउमा राख्नु जस्तै हो त्यसमाथि पनि आमा बन्नु भनेको त अभिनय क्षेत्रबाट हात झिक्नु जस्तै हो ।

यस्ता थुप्रै अभिनेत्रीहरु छन् जसले आमा बनेपछि करियरलाई बाई बाई नै गरे तर अझै पनि केही अभिनेत्री यस्ता छन् जसले आमा बनेपछि पनि फिल्ममा उत्तिकै क्रेज बनाए र उत्तिकै चर्चा कमाए भने सफल पनि भए ।

करीना कपूर खान
सन् २०१६ मा करीना कपूर खानले छोरा तैमूरलाई जन्म दिइन् । छोरा जन्माउनको लागि उनले केही समय फिल्मबाट ब्रेक पनि लिइन् । त्यसपछि उनले सन् २०१८ मा फिल्म ‘वीरे दी वेडिंग’ बाट दमाकेदार प्रस्तुतीसहित फिल्ममा फर्किइन् । त्यति मात्र होइन उनले रेडियो शोको सिजन पनि चलाइन् । हाल उनी आमिर खानसँग फिल्म ‘लाल सिंह चढ्डा’ मा पनि काम गरिरहेकी छन् । उनी पुनः दोस्रो सन्तानको आमा बन्ने खबर बाहिरिएको छ ।

काजोल
सन् १९९९ मा अभिनेता अजय देवगनसँग विवाह गरेकी काजोलको अभिनयको जादु अझैसम्म चलिरहेको छ । उनले सन् २००३ मा छोरी न्यासालाई जन्माएपछि सन् २००६ मा फेरि फिल्ममा आइन् भने दोस्रो सन्तान युगलाई सन् २०१० मा जन्म दिएपछि पुन उनले ५ वर्षपछि ‘दिलवाले’ मा काम गरिन् । उनको करियर अझै पनि निकै राम्रो चलिरहेको छ ।

हेमा मालिनी
सन् १९८० मा धर्मेन्द्रसँग विवाह गरिन् । उनले सन् १९८१ मा छोरी ईशा र सन् १९८५ मा छोरा अहाना देओललाई जन्म दिइन् । उनी दुवै सन्तानलाई जन्म दिएको समयमा पनि फिल्ममा काम गरिरहेकी थिइन् भने उनी फिल्ममा छाइरहेकी थिइन् ।

श्रीदेवी
भारतीय सिनेमाकी पहिलो सुपरस्टर श्रीदेवीको करियर सधैँ उचाईमा रह्यो । उनले फिल्ममा करियर उचाईमा हुँदाहुँदै बोनी कपूरसँग विवाह गरिन् । उनले सन् १९९७ मा जान्हवी र २००० मा खुशीलाई जन्म दिइन् । उनले परिवारसँग समय बिताउनका लागि १५ वर्षसम्म फिल्मबाट टाढा रहेकी श्रीदेवीले पुनः ‘इंग्लिश विंग्लिश’ फिल्ममार्फत पुन धमाल मचाइन् । करियर उचाइमा हुँदाहुँदै उनको मृत्यु भयो ।

रानी मुखर्जी
सन् २०१४ मा निर्देशक आदित्य चोपडासँग विवाह गरेकी रानीले सन् २०१५ मा छोरी अदिरालाई जन्म दिइन् । त्यसपछि उनी सन् २०१८ देखि पुन फिल्ममा देखिन थालिन् । उनले ‘हिचकी’ सँगसँगै ‘मर्दानी २’ जस्ता चर्चित फिल्ममा काम गरिसकेकी छिन् ।

स्वेता तिवारी
तिवारीले सन् २०९९ मा करियर सुरु गरेकी थिइन् । उनले सन् २००० मा छोरी पलकलाई जन्म दिइन् । उनले सन्तानलाई जन्म दिएको समयमा पनि कामबाट ब्रेक लिएकी थिइनन् । उनले अर्को सन्तान २०१६ मा जन्माइन् । उनी सन्तानलाई जन्म दिएर पनि निरन्तर टेलिसिरियलमा काम गरिरहिन् ।

शनिबार, भदौ २०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.