धनगढी,१९ भदौ
धनगढी उप–महानगरपालिकाले शुक्रबार समुदायतहबाट ९७ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेको छ ।
उप–महानगरपालिकाले वडा नं ५ मा रहेको पञ्चोदय माध्यमिक विद्यालयमा परिसरमा क्याम्प संचालन गरेर ४६ जनाको र वडा नं ६ को बाशुदेवी माध्यमिक विद्यालयमा क्याम्प राखेर ५१ जनाको स्वाव संकलन गरेको उपमहानगरपालिका स्वास्थ्य शाखाका अहेव दिपक सुनारले बताए । अहेव सुनारका अनुसार स्वाव दिनेहरु संक्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरु हुन । स्वाव संकलनका लागि वडा नं ५ का २ वटा टोलसिल गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । वडा नं ५ का अध्यक्ष हिरा सिं पातलीले समुदायमा कोरोना देखिएपछि टोलसिल गरेको बताए ।

धनगढीमा ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना संक्रमण देखिए संगै उपमहानगरले पिसिआर परीक्षणको दायरा बढाईएको छ । बिहीबार पनि धनगढी उप–महानगरपालिकाले २ ठाउँमा पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेको थियो । जसमा १ सय ३५ जना रहेका थिए ।
