• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

६० हजार करदाताले भ्याट विवरण बुझाएनन्

काठमाण्डौ १९ भाद्र- लकडाउनका कारण मूल्य अभिवृद्धि कर ९भ्याट० संकलनमा सरकारलाई ठूलो धक्का लागेको छ । गएको आर्थिक वर्ष २०७६(७७ मा भ्याट विवरण र विवरणअनुसारको कर तिर्नेको संख्या अघिल्लो वर्षभन्दा घटेको छ भने भ्याटमा सहभागी करदातामध्ये ५० प्रतिशत कम्पनीले भ्याट नबुझाएको पाइएको छ ।

आन्तरिक राजस्व विभागले दिएको जानकारीअनुसार असारसम्ममा मूल्य अभिवृद्धि कर ९भ्याट०मा जोडिने करदाताको संख्या २३।३ प्रतिशतले बढेर २ लाख ५८ हजार ६ सय ५७ पुगेको छ । यसमध्ये भ्याटमा दर्ता भएका करिब ५० प्रतिशत करदाताले मात्रै विवरण बुझाएको विभागले जनाएको छ । विभागका एक अधिकारीका अनुसार गत आर्थिक वर्षको माघमा १ लाख ९३ हजारले भ्याट विवरण बुझाएका थिए । उनले भने, “त्यसपछि लकडाउनका कारण चैत, वैशाख र जेठमा मा करदाता घटे भने असारमा १ लाख ३१ हजारले मात्रै विवरण बुझाए,” उनले थपे, “माघको तुलनामा झन्डै ६० हजारले विवरण बुझाएका छैनन् ।”

विभागले लकडाउन जारी गरेकै अवस्थामा सार्बजनिक सुचना जारी गर्दै एक साताको समय दिएर करदातालाई कर तिर्न आह्वान गरेको थियो । तर सर्वोच्च अदालतले लकडाउनकै कारण चैत मसान्तसम्म बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर ९भ्याट० को दोस्रो किस्ता नबुझाएकै अवस्थामा लकडाउन पूर्ण रूपमा खुलेको एक महिनापछि कर तिर्दा हुने आदेश गरेपछि भ्याट असुली प्रभावति भएको हो । विवरण नबुझाउदा भ्याट संकलनसमेत अघिल्लो वर्षको तुलनामा सात प्रतिशतले कमी आएको छ । आयकरको प्रचलित प्रावधानअनुसार आर्थिक वर्षको अनुमानित आयमा लाग्ने ४० प्रतिशत हिस्सा पुस मशान्तसम्म, त्यसपछि कुल ७० प्रतिशत अर्थात वार्षिक अनुमानित विवरणको ३० प्रतिशत हिस्सा चैत मसान्तसम्म र अन्तिम किस्ता असार मसान्तसम्म तिर्नुपर्ने हुन्छ ।

दोस्रो र तेस्रो किस्ता एकैपटक पर्दा भ्याट असुलीमा धक्का लागेको विभागले जनाएको छ । विभागका ति अधिकारीले विवरण नबुझाउनुमा अदालतको आदेश मात्रै कारण नभई कारोबार नै नभएको वा कोरोनाका कारण व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको पनि हुन सक्ने उनले बताए । विभागका अनुसार गत वर्ष वैदेशिक व्यापार नराम्ररी प्रभावित हुँदा आयातमा लाग्ने भ्याट १७।२६ प्रतिशतले घटेको छ । तर, आन्तरिकतर्फ भने भ्याट संकलन ९।७२ प्रतिशतले बढेको छ । सरकारले गत वर्ष ०७६÷०७७ मा कुल ३ खर्ब १५ अर्ब १ करोड मूल्य अभिवृद्धि कर ९भ्याट० उठाउने लक्ष्य राखेको थियो ।

त्यसपछि मध्यावधि समीक्षामार्फत त्यसलाई संशोधन गर्दैै भ्याटको लक्ष्य २ खर्ब ३४ अर्ब ३१ करोडमा सीमित गरे पनि संशोधित लक्ष्य समेत नउठेको विभागले भनाई छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पनि असार मसान्तसम्ममा २ खर्ब २४ अर्ब ७ करोड भ्याट संकलन भएको छ । यो संकलन अघिल्लो आर्थिक वर्ष ०७५÷०७६ को तुलनामा ७।२६ प्रतिशतले कमी हुन आउँछ ।

सो वर्ष विभागले अघिल्लो आर्थिक वर्ष भन्दा १६।८४ प्रतिशत बढी अर्थात २ खर्ब ४१ अर्ब ६१ करोड भ्याट संकलन गरेको थियो । भ्याट, अन्तशुल्क र भन्सार शुल्क घटदा गत आर्थिक वर्षमा सरकारको राजस्व असुली नराम्ररी प्रभावित भएको छ ।

शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.