एजेन्सी – क्यारेबियन प्रिमियर लिग सिपिएलको २५ औं खेलमा स्पिनर सन्दीप लामिछानेले सम्मिलित जमैका तलावाज र सेन्ट किट्स एण्ड नेभियस प्याटियटसबीचको खेल वर्षाको कारण रद्द भएको छ ।ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको सेन्ट किट्सले ५।४ ओभरमा विना विकेटको क्षतिमा ४६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । जमैका ओपनर क्रिस लिन १५ बलमा २ छक्का र १ चौका २३ रन र इभिन लुईस १९ बलमा २ चौका र १ छक्का सहित २१ रनमा खेलि रहेको अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो ।
योसँगै सेन्ट किट्स एक खेल अगावै लिग चरण बाट बाहिरिने पहिलो टोली बनेको छ । सेन्ट किट्स ९ खेलमा ७ मा हार र १ मा जित सहित पुछारमा छ । सन्दीप सम्मिलित जमैकाले बाँकी दुई खेल मध्य एक खेलमा जित निकालेको खण्डमा सेमिफाइनलमा प्रवेश गर्ने छ । बार्बाडोस ट्राइडेन्स बाँकी दुई खेल मध्य एकमा पराजित हुँदा र यता जमैका दुबै खेलमा पराजित भए पनि सेमिफाइनलमा पुग्ने समिकरण बनेको छ ।
यस्तो छ अंक तालिका
अपराजित ट्रीनबेगो नाइट राइडर्स ८ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ । गुयाना ९ खेलमा ५ मा जित र ४ मा हार सहित दोस्रो स्थानमा रहँदै सेमिफाइनल यात्रा पक्का गरेको छ । जुक्स ८ खेलमा ५ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । जुक्स पनि सेमिफाइनलमा पुगिसकेको छ ।
जमैका ८ खेलमा ४ मा हार र ३ मा जित सहित ७ अंक जोड्दै चौथो स्थानमा छ । बार्बाडोस ८ खेलमा २ मा जित र ६ मा हार सहित ४ अंकका साथ पाँचौ स्थानमा छ । ९ खेलमा ७ मा हार र १ मा जित सहित ३ अंक जोड्दै पुछारमा रहेको सेन्ट किट्सको सेमिफाइनल सम्भावना सकिएको छ ।