एजेन्सी: अभिनेता सुशान्तसिंह राजपुतकी बहिनी श्वेतासिंह किर्तीले फिल्म शसांकु बहिसष्कार गर्न माग गरेकी छन् । सुशान्तको मृत्युमाथि बन्ने यो फिल्मलाई करणी सेनाका सदस्य सुरजीतसिंह राठौरले निर्माण गर्दैछन् ।
श्वेताले सामाजिक सञ्जाल ट्विटरमार्फत् दर्शकलाई यो फिल्म बहिष्कार गर्न माग गरेकी हुन् । कोमल नहाटाले सेयर गरेको फिल्मको पोस्टर मेन्सन गर्दै श्वेताले लेखेकी छिन्,यो फिल्मको बहिष्कार गरौं । फिल्मको प्रचार गर्नेलाई पनि बहिष्कार गरौं । सनोज मिश्राले निर्देशन गर्ने यो फिल्ममा आर्य बब्बर र राजवीरसिंहको अभिनय रहनेछ । फिल्मको पोस्टरमा नातावादु, आत्महत्याु, डिप्प्रेसनु, हत्या लगायतका शब्दहरु प्रयोग गरिएको छ । पटना, लखनाउ र मुम्बईमा फिल्मको छायांकन हुने तयारी छ ।
फिल्मका निर्माता सुरजीतले यसअघि एक अन्तर्वार्तामा १५ जुनमा सुशान्तको शव परिक्षण गर्दा आफू पनि कुपर अस्पतालमा उपस्थित रहेको बताएका थिए । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले सुशान्तको शव हेर्दै सरी बाबुु भनिन भन्ने दाबी पनि उनले गर्दै आएका छन् । धेरैले फिल्मको पोस्टरलाई लिएर आपत्ति जनाइरहेका छन् ।
