• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

टिकटक स्टार प्रिज्मा र प्रिन्सीको किन बन्दैछ भिडियोमा कमजोर ?

काठमाण्डौ १८ भाद्र-टिकटक राम्रा प्रतिभाहरु जन्म दिने दरिलो प्लेटफर्म बनिरहेको छ । हुनत, हिजोआज टिकटकमा विकृती पनि प्रष्ट भेटिन्छ । तर, टिकटकबाटै आफ्नो करिअरमा नयाँ फड्को मार्नेहरुको कमी भने बजारमा छैन । अहिले त म्यूजिक भिडियोमा टिकटकबाट उदाएका राम्रा प्रतिभाहरुलाई मेकरले स्थान दिइरहेका छन् । यसैले, भिडियो बजारमा टिकटकबाट आएका प्रतिभाहरुको प्रतिस्पर्धा पनि दरिलो देखिन्छ ।

टिकटकमा लोभलाग्दो फलोअर्स भएपछि म्यूजिक भिडियोमा पकड बनाएका कलाकार हुन्, प्रिज्मा र प्रिन्सी खतिवडा । यी दुइलाई लिएर म्यूजिक भिडियो बनाउँदा राम्रो भ्यूज जान्छ भन्ने लोभमा धेरै मेकरले काम गरे । हुनपनि हो, केही समय अगाडिसम्म प्रिज्मा र प्रिन्साको बलियो उपस्थिती म्यूजिक भिडियोमा थियो । उनीहरुले अभिनय गरेका धेरै भिडियोको भ्यूज ५० लाखदेखि १ करोडसम्म छ । टिकटकबाट भिडियोमा उदाउँदै गर्दा उनीहरुप्रति आम दर्शकको चासो गज्जबको थियो । पछि, कलाकार सागर लम्सालको प्रवेश भएपछि उनीहरु झनै बलियो बने । सागर, प्रिज्मा र प्रिन्सीले धेरै भिडियोमा एकसाथ काम गरिरहेका छन् । एकातिर, म्यूजिक भिडियो अर्कोतिर टिकटकमा गीतको प्रमोशन गरेवापत राम्रो पारिश्रमिक, प्रिज्मा र प्रिन्सीको करिअर नै परिवर्तन भयो ।

तर, पछिल्लो समयमा उनीहरुले खेलेका भिडियोले युटुबमा आशातित भ्यूज पाइरहेका छैनन् । हुनत, नेपालका म्यूजिक भिडियो मेकरले राम्रो गीत बनाउने हो भने कलाकारमा महंगो खर्च गर्न आवश्यक छैन भन्ने अझै वुझेका छैनन् । औषत गीतमा जो कलाकारलाई खेलाएपनि गीतले चर्चा नपाउने निश्चित छ ।

प्रिज्मा, प्रिन्सी र सागरले अभिनय गरेको ‘हुन्छ खोसाखोस’ बोलको गीत रिलिज भएको एक साता बढी भैसक्यो । यो गीतले युटुबमा ३ लाख ६१ हजार मात्र भ्यूज पाएको छ । बजारमा गीतको खासै चर्चा भएन । यी तिन कलाकार राखेपछि भिडियो हेर्ने दर्शकको संख्या ह्वात्तै बढ्छ भन्ने निर्माताको अपेक्षा पुरा भएन । एक महिना अगाडि रिलिज भएको गायक शिव परियारको आवाजमा समावेश ‘नाच फिरिरी’ बोलको गीतमा पनि सागर, प्रिज्मा र प्रिन्सीको अभिनय छ । यो गीतलाई २१ लाखले हेरेका छन् । यो गीत पनि औषत चल्यो ।

उनीहरुले अभिनय गरेको ‘यस्तो बनोस् मेरो तिज’ बोलको गीत रिलिज भएको करिब २ महिना हुन लाग्यो । गीतलाई करिब ४२ लाखले हेरेका छन् । यो गीतको अडियो तीजको समयमा ठिकै चल्यो । पछिल्लो समयमा राम्रा गीतहरुले दर्शकको साथ विस्तारै पाएका छन्, तर पाएका छन् । यस्तो अवस्थामा प्रिज्मा र प्रिन्सीले पनि अडियो रोजाइमा चुजी बन्न आवश्यक देखिएको छ । एकातिर टिकटकबाटै आएका नयाँ नयाँ प्रतिभालाई मेकरले रोज्न थालेको अवस्था छ भने अर्कोतिर अफर आएका औषत गीतहरुमा पनि प्रिज्मा र प्रिन्साले काम गर्दा मिहिनेतले बनेको क्रेज कमजोर बन्न समय नलाग्ने निश्चित छ ।

बिहिबार, भदौ १८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.