काठमाडौं – सशस्त्र प्रहरी बल एपिएफका २९ खेलाडी कोरोना मुक्त भएका छन् । सिमा क्षेत्रबाट फर्केका एपिएफका खेलाडीको पिसिआर टेष्टमा पोजेटिभ देखिएका ३६ खेलाडी मध्ये २९ जना मंगलबार कोराना मुक्त भएको एपिएफ श्रोतले जनाएको छ ।
भदौं ५ गते पोजेटिभ देखिएका मध्ये ७ खेलाडीमा अझै संक्रमण बाँकी रहेको छ । विभिन्न खेलका ८२ खेलाडीलाई भक्तपुरको दुवाकोस्थित गुहेश्वरी गण र काठमाडौंको निलबाराही गणमा राखिएको थियो । संक्रमण हुनेमध्ये भक्तपुरमा २० र काठमाडौंमा १६ जनालाई संक्रमण देखिएको थियो ।
संक्रमित खेलाडीमध्ये ६ भक्तपुर र १ जना काठमाडौंमा रहेको बताइएको छ । कोराना भुक्त खेलाडीलाई भने घर फर्केको बताइएको छ । जेठ १९ गते भारतसँगको सिमा नाकामा एपिएफले ८६ खेलाडीलाई खटाएको थियो ।
एक महिनाका लागि भन्दै जेठ १९ गते आफ्ना खेलाडीलार्य सिमा नाका पठाएको थियो । तर, साढें दुई महिनापछि मात्र उनीहरुलाई फर्काइएको थियो । एएिफका खेलाडीले सर्लाही, सिराहा, पर्सा र बाराको सिमामा खटिएका थिए ।
(हाम्रो खेलकुद)