• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मेरो रेडियो पत्रकारिता अनुभवः श्रमको मुल्य नभएपछि यात्रा बिराम

सुरेश धामी ,
बुगंल नगरपालिका–६ बझाङ/


म सानै देखि रेडियो सुन्न र पत्रपत्रिका पढ्न साह्रै मन पराउर्थें । रेडियो प्रेमि मान्छे म ! रेडीयोको बारेमा निकै उत्सुक्ता जागेर आउथ्यो । मलाई रेडियो भनेको के हो ? कसरी बोल्छन होला? रेडियोमा मान्छे कहाँबाट बोल्छन ? जस्ता प्रश्न सधै मनमा खेली रहन्थे । ९/१० कक्षा पढ्दा सम्म केही जानकारी थिएन । अरुले समाचार पढ्दा, रेडियोमा कार्यक्रम चलाउदाँ मलाई रमाईलो लाग्थ्यो । मैलेपनि यसैगरी रेडियोमा बोल्न पाएहुन्थ्यो भन्ने लाग्थ्यो ।

हुनत सबैका आ–आफ्नै रुचि र चाहाना हुन्छन् । मलाई एउटा मात्रै ईच्छा थियो रेडियोमा अरुले जस्तै बोल्न पाए हुन्थ्यो । गाउँघरमा रेडियो मात्रै सुनिन्थ्यो । फुर्सदमा सधैझै अरु काम नगरेर रेडियो सुन्थे, स्कुलबाट फर्केर होस् की, गोठालो जाँदा बुवाले गाली गर्दागर्दै पनि जिद्दी गरेर रेडियो बोकेर जान्थे ।

एफएम रेडियोमा फोनिङ कार्यक्रम आउँदा फोन गर्ने गर्थे । पहिलात फोन गरेर बोल्न पनि नआउने बोल्दा मुटु थरीथरी काप्थ्यो । सधै फोन गर्न थालेपछि स्पष्ट बोल्नसक्ने भए । पछि गाउँघरका घटना र राम्रो नराम्रो कामको बारेमापनि रेडियोमा फोन गरेर समाचार दिन थाले ।
२०७३ सालमा एसईई परीक्षादिएर कम्प्युटर सिक्न भनेर बझाङको बुङ्गलनगरपालिका–६ कोदुर्गम गाउँ बड्डि ज्यावनबाट डडेल्धुरा निस्कीए । डडेल्धुरा बसाईको क्रममा रेडियो सुदूरआवाज एफएम मेरो कोठा नजिकै थियो । कहिले पनि रेडियो कस्तो हुन्छ भनेर नदेखिएको म रेडियोको कार्यालय र स्टुडियो नजिकै हेर्न जादाँ पनि त्यहाँका कर्मचारीहरुले के काम छ यता? किन आएको जाउँ भनेर गाली गर्थे ।

रेडीयो पत्रकारीताको सुरुवात यसरी भयो ?

डडेल्धुरा बसेको २/३ महिनामा पछि मैले कम्प्युटर सिके । विस्तारै रेडीयोमा काम गर्न थाले । सानै देखीको रेडीयोमा बोल्ने इच्छा पुरा गर्न, रेडीयोमा कामको खोजिमा थिए । डडेल्धुराका केही एफएम रेडियोमा गएर काम गर्ने ईच्छा छ अवसर पाइन्छ कि भन्दै सोधे तर नि.शुल्कमा काम गर्ने अवसर पाउन पनि मुस्किल पर्यो ।डडेल्धुरा हुदा पनि त्यहाँका रेडियोहरु सुन्न कहिलै छोडेन, एक दिन रेडियो अमरगढीमा स्थानिय तहमा समाचारदाता आवश्यकताको सुचना सुन्ने बित्तिक्कै मैले आवेदन दिए । आवेदन दिने ५७ जना मध्ये हामी केही साथिहरु छनौट भयौ । आज भन्दा ठिक तीन बर्ष अगाडी २०७४ साल भाद्र १५ गते म रेडियोमा काम गर्न छनौट् भए । छनौट भएपछि ५ दिने सामान्य आधारभुत पत्रकारीता तालिम दिईयो ।

रेडियोले तालिम दिएपछि आफ्नो स्थानिय तहमा खटायो । रेडियो खटाए पछि बझाङको बुङ्गल नगरपालिका पुगे । मासिक १० हजार तलब तोकेको थियो । रेडियोलाई मासिक २५ हजार बराबरको विज्ञापन, सुचना र २५ वटा समाचार अनिवार्य दिनुपर्ने लक्ष्य थियो । त्यो लक्ष्य पुरा गर्न नसके तलब घटाउने भनेर नियुक्ति पत्र मानै उल्लेख थियो । राम्रो काम गर्नेलाई तीन महिना पछि रेडियो भित्र स्टुडियोमा काम गर्ने अवसर दिने भनेको थियो । मैले मेरो रेडियोमा बोल्ने चाहाना पूरा गर्न धेरै दौडधुप गरे, बिहान उठेर विज्ञापन सुचना र समाचार खोज्न हिड्थे ।रेडियोको नियमथियो प्रत्येक दिनबिहान १० बजे भित्र रेडीयोमाफोन गरेर आफुले दिनभर गर्ने कामको जानकारी दिनु । बेलुका पनिदिन भरी गरेको काम र उपलब्धिको बारेमा जानकारी गराउनु पथ्र्यो । विज्ञापन माग्नको लागि गाउँका व्यापारी बुझाउन निक्कै अप्ठ्यारो थियो । कतिपयको त गालि पनि सहनु पथ्र्यो ।

कहिलेकाही त अलिअलि भएपनि विज्ञापन सुचना र समाचार पाईन्थे । कुनै दिन त दिनभरको गर्मीमा हिडेर खाना पनि नपाईने । भोक भोकै काम गर्नुपर्ने अवस्था आउथ्यो । गाउँमा हिड्न थालेपछि गाउँघरमा हुने धेरै औपचारीक कार्यक्रममा सम्मान सत्कार हुन थाल्यो । त्यही सम्मानले पत्रकारीताको नशा चढ्यो ।

तीन महिना सम्म रेडियो अमरगढीको लागी दिन रात दुःख गरेर रेडीयोको तारगेट अनुसार काम गरेपछि मलाई स्टुडियो भित्रै काम गर्न अवसर मिल्यो । तर रेडीयोमा बोल्ने इच्छा भने अझै पुरा भएन । स्टुडियो भित्रै पनि फोन रिसिभ गर्ने, सुचना समाचार विज्ञापन संकल नगर्ने काम दिए । रेडियोका सरहरुले तिमी बोल्न सक्दैनौं भन्थे । पछि बित्तारै विज्ञापनमा मेरो आवाज जानथाल्यो ।पहिलो दिन मेरो आवाज रेडियोमा बज्दाम जिवनमा सबैभन्दा खुशी भए । मेरो घर परिवारलाई फोन गरेर सुन्न भन्थे आवाजमा त्यतिकै दम पनि थियो बिस्तारै कार्यक्रम चलाउने भए । रेडियोमा बोल्ने रहरले पत्रकारीतामा लागेको म बिस्तारै बोल्नु ठूलो कुरा रहेन् ।

पत्रकारीताकै माध्यमबाट सामाजका लागी केही गर्नु पर्छ भन्ने उर्जा जाग्न थाल्यो । अब आफ्नै ठाउँमा फर्किएर गाउँका समस्यालाई ल्याउनु पर्छ भन्ने सोच आयो । रेडियोको आर्थिक अभाव संगै एक बर्षपछि म गाउँ फर्किने निणर्यमा पुगे । त्यही बर्ष बुगंल नगरपालिकामा रेडियो सेरोफेरोको स्थापना भएको रहेछ । रेडियो सेरोफेरोसंगै जोडिएर काम गर्ने अवसर पनि पाए । रेडियोमा काम गर्दाका समस्या भने उस्तै रहे ।
मेरो रेडियो संगको यात्रा जोडीए संगै आर्थिक समस्याले सधैझै सताईरह्यो ।

गरिब परिवारको एक्लो छोरा म पछाडी तीन बहिनी छन् । बुवा दम र पत्थरीको बिरामी भएर अप्ठ्यारो काम गर्न नसक्ने, आमा घरायसी काममै ब्यस्त हुने । मैले रेडियोमा काम गरेको पैसाले आफुलाई खान पनि पुग्दैनथ्यो । छिमेकीले अंकलले कहिलेकाही घर खर्च दिनुहुन्थ्यो ।

आर्थिक अभावमै बर्ष दिनदुःख गरेर रेडियो सेरोफेरोमा पनि बिताए । तर खान बस्न बाहेक एक पैसा पनि पाएन रेडियोहरुमा श्रमको शोषण हुन्छ भन्ने मलाई थाहा थिएन । बिस्तारै बुझन थाले अन्य ठाउँभन्दा पहाडी जिल्लाहरुका रेडियोमा बढीनै श्रम शोषण हुने रहेछ ।
सेरोफेरो एफएमबाट एक बर्षसम्म काम गरेको पैशा नपाएपछि मैले सेरोफेरो संगको यात्रा अन्त्य गर्ने निणर्यमा पुगे । रेडियोका स्टेसन म्यानेजर र अध्यक्षसंग बारम्बार कुरा गर्दापनि एक पैशा दिएनन् । त्यस पछि पनि मेरो रेडियो पत्रकारीताको भुत उत्रिएन् ।

रेडियोमा काम गर्ने नशा लागी सकेको थियो । नशा न हो, सजिलै कहाँ छोड्न सकिन्छ र ! फेरी रेडियोमै काम गर्न सदरमुकाम चैनपुर तिर हानिए । अहिले रेडियोमा काम पाउन त्यती गाह्रो छैन्, तर काम अनुसारको दाम भने कहिले नपाईने रहेछ ।

मलाई सदमुकाम चैनपुरमा कामखोज्न त्यति अप्ठ्यारो भएन रेडियो जनमुखीमा सजिलै काम पाए । जिल्लाको ठुलो रेडियो भनेपछि मनमा केही आशा पलाएको थियो । रेडियोमा काम गर्ने अग्रज पत्रकारहरुसंग परिचित हुने अवसर पाए । सदरमुकाममा धेरै कुराहरु कुरा सिक्ने अबसर पाए । अग्रज पत्रकारदाइहरुको उस्काहटले पत्रकारिताको नशा झनझन बढ्न थाल्यो । तीन बर्ष सम्म पनि घरपरिवारलाई एक पैशा पनि कमाएर दिन नसके पछि समाजमा कुरा काट्न सुरु भईसकेको थियो । ‘फलानाको एउटै छोरा पनि पत्रकार हु भन्छ, बरालीदै हिडेको छ, कमाई समाई केही छैन् ।’ भन्दै गाउँकाहरुले आमाबुवालाई सुनाउन थालिसकेका थिए ।

घरमा बिरामी आमाबुबालाई पनि छोराले कमाएर ल्याउला भन्ने आश त हुनेनै भयो । पत्रकारिता गरेको तीन बर्ष पूरा हुदा संम्म पत्रकारिता गरेको एक पैसा पनि घरमा दिन सकिएन्, बरु घरबाट बुवाआमाले दुःख गरेर कमाएको र गाउँबाट ऋण काढेको पैशा रेडियोमा काम गर्न खर्च गरेको छु । रेडियो जनमुखी एफएममा पनि करिब १० महिना सम्म निकै दुःख गरेर काम गरे ।

उसो त अहिले सम्म काम गरेका कुनै रेडियोले नियुक्ति दिएको थिएन । जनमुखीले पनि नियुक्ति बिना मासिक ४ हजार दिने सहमतीमा काम गरे । तर १० महिना सम्म काम गर्दा पनि पैशा नपाए पछि अन्तीममा १६ सय गाडी भाडा मागेर घर फर्किए ।

त्यहाँ पनि खान बस्न बाहेक केही पाईएन, लुगा कपडा किन्न घरबाट पैशा मागको छु । आर्थिक समस्याकै कारण जनमुखीमा काम गर्न सकिएन् । १० महिनासम्म काम गरेर भने अनुसारको पैशा नपाएपछि लाग्यो, बझाङका रेडियोहरुमा अरुभन्दा धेरै शोषण हुदो रहेछ ।

अब त झनै रेडियो पत्रकारीताको नशाले च्यापिसकेको छ, आर्थिक अभावमा रेडियो पत्रकारीता रोकिने छैन् । अझै धेरै मिहेनत र परिश्रमको खोजिमा छु ।

मङ्गलबार, भदौ १६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.