धनगढी, १३ भदौ/ जिल्ला प्रहरी कार्यालय कैलालीले मोटरसाईकल चोरी मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालीका–५ का नरेन्द्र शाहको घरबाट मोटरसाईकल चोरी गरि फरार रहेका धनगढी–१० घुईयाघाट बस्ने २५ बर्षीय दिनेश रानालाई प्रहरीले पक्राउ गरेको हो । चोरी मुद्दामा अनुसन्धान कार्य पुरागरी जिल्ला अदालतको आदेशले धरौटी तारेखमा छुटी गएको अवस्थामा उनि फरार रहेका थिए ।
उनलाई जिल्ला अदालत कैलालीले २०७६ जेठ १५ गते एक लाख सत्तरी हजार नगद जरिवाना र ६ दिन कैद सजाय सुनाएको थियो ।
रानालाई शुक्रबार प्रहरीले पक्राउगरी जिल्ला अदालत कैलालीमा पेश गरेको छ ।