दार्चुला, १२ भदौ/ दार्चुलाको शैल्यशिखर नगरपालिका २ देथलामा एक जनाको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । देथलाका शेर बहादुर चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।
चन्दको बिहीबार दिउँसो ३ बजेतिर गाउँकै गंगादत्त भट्टले धारिलो हतियार प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् । हतियारले चन्दको घाँटीमा हिर्काउँदा घटनास्थलमै मृत्यु भएको हो ।
चन्दको शव पोष्टमाटमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । हत्यारा भट्ट अहिले फरार रहेको स्थानीयवासीले बताएका छन् । घटनाबारे थप बुझ्नेकाम भइरहेको छ ।