धनगढी, १२ भदौ/ अर्थिक प्रलोभनमा परेर भारतीय नागरिकलाई नेपाल प्रबेश गराएको आरोप लागेका सशस्त्र प्रहरीका निरिक्षक शैलेन्द्र सिंह चैसिरलाई २४ घण्टा नबित्दै जिम्मेवारीबाट हटाएको छ ।
उनको ठाउँमा सशस्त्र प्रहरी सुरेश महर्जनलाई कञ्चनपुरको झलारीस्थित सशस्त्र प्रहरीको ३५ नम्बर गणले पठाएको छ ।
कैलालीको सुरक्षा टोलीलाई हटाएर गौरीफन्टासंग जोडिएको धनगढी नाकाको सुरक्षाको जिम्मेवारी लिएको कञ्चनपुरको सुरक्षा टोली २४ घण्टा नबित्दै बिबादमा मुछिएका थिए ।
सशस्त्र प्रहरी निरिक्षक चैसिरले भने धनगढीमा शिवम हार्डवेयर सञ्चालन गर्दै आएका शिवम गुप्ताले आफ्नो आमा, छोरी र छोरा लाई रकम असुलेर नेपाल प्रबेश गर्न दिएको घटना सार्वजनिक भएको थियो ।
तर चैसेरले भने आफूलाई जिम्मेवारीबाट नहटाएको भई आफ्नो पहिले नै सरुवा भईसकेको र जिम्मेवारीबाट खटाएका निरिक्षक आई नसकेकोले हिजो गौरीफन्टा नाकामा खटिएको बताए ।