• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सेटिङमा भारतीय नागरिक नेपाल भित्र्याउदै (भिडियो सहित)

" जिम्मेवारी पाएको २४ घण्टा नबित्दै सेटिङ्गमा लागे कञ्चनपुरबाट खटाएका सुरक्षाकर्मी "

धनगढी, ११ भदौ/ कैलालीसंग प्रत्यक्ष सिमा जोडीएको कञ्चनपुरको गौरीफन्टा नाकामा बुधबारदेखी कञ्चनपुरकै सुरुक्षाकर्मीको टोली खटिएको छ । कञ्चनपुरको भूभागमा पर्ने गौरीफन्टा नाका र डोकेबजार क्षेत्रमा हिजोसम्म कैलालीको सुरक्षा टोलीले ड्युटी गर्दै आएको थियो ।
गौरीफन्टा नाकामा कञ्चनपुरबाट सशस्त्र प्रहरीका इन्सपेक्टर शैलेन्द्र चैसेरको कमान्डमा खटाएको छ । उक्त टोलीले जिम्मेवारी पाएको २४ घण्टा नबित्दै विवादमा तानिएको छ । आर्थिक प्रलोभनमा परि सीमा नाकाबाट मिलेमतोमा धमाधम भारतीय नागरिक नेपाल दिइरहेको पाइएको छ ।
धनगढीमा विभिन्न उद्योग, ग्यारेज, वर्कसप तथा कपडा पसलमा काम गर्दै आएका भारतीय नागरिकबाट रकम असुलेर परीक्षण बिना सुरक्षाकर्मीहरुले नेपाल प्रवेश दिईरहेका छन् । बुधबार र बिहीबारमात्रै १० जनाभन्दा बढी भारतीय नागरिक नेपाल प्रवेश गरेका छन् ।
उनिहरु भारतको बरेली, पलिया, खिरी लगाएतका विभिन्न स्थानबाट आएर क्वारेन्टिन नबसेरै धनगढीमा व्यवसाय गर्न थालेका छन् । भारतबाट आउनेहरुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाईएको छ । तर सिमामा सुरक्षाकर्मीहरुले सहजै प्रवेश दिएपछि क्वारेन्टिनमा नबसि धनगढीमा खुल्याम घुमिरहेका छन् । यसले धनगढीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखीम बढेको छ ।
बिहिबार भारतको बरेली घर भई धनगढीमा शिवम हाड्रवोर सञ्चालन गरिरहेका एकै परिवारका चार जना बिना चेकजाचँ सशस्त्र प्रहरीसंगको मिलेमतोमा सहजै नेपाल आएका छन् । उनिहरु क्वारेन्टिनमा समेत बसेका छैनन् । यसरी प्रहरीलेनै आर्थिक प्रलोभनमा परेर भारतीय नागरिकलाई प्रवेश गराउन थालेपछि कोरोना भाईरसको जोखिम बढेको हो ।
धनगढी बजारमा ठुला व्यापारी र उद्योगहरुमा काम गर्ने धेरैजसो भारतीय नागरिक रहेका छन् ।
सशस्त्रका इन्सपेक्टर चैसेरले नेपाली नागरिकता भएकाहरुलाई मात्रै नेपाल प्रवेश गराएको दाबि गरे । उनले भने–‘त्यसरी भारतीय नागरिक पठाएका छैनौ, इन्ट्री गरेरमात्रै नेपाल प्रवेश दिएका छौ, त्यसरी नेपाल प्रवेश गरेको हामीलाई कुनै जानकारी छैन्, हामीले त्यसरी पठाएका पनि छैनौ ।’ उनले भारतीय नागरिकलाई नेपाल प्रवेश नगराएको बताए ।
उता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले हिजोमात्रै गौरिफन्टा नाकामा कञ्चनपुरको टोली खटिएको र त्यसरी भारतीय नागरिकलाई प्रवेश दिन नमिल्ने बताए । उनले भने–‘लुकिछिपी अवैध नाकाबाट आएको खण्डमा कैलाली प्रहरीले हेर्ने हो, गौरिफन्टाबाट त्यसरी प्रवेश गराईएको हामिलाई कुनै जानकारी छैन् ।’
यस्तै त्रिनगर सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्सपेक्टर पुष्पराज शर्माले आफुलाई हिजोदेखी जिम्मेवारीबाट हटाएको र कैलाली प्रवेश गर्ने बेलामात्रै चेकजाचँ गर्ने गरेको बताए । उनले भने ‘हाम्रो तर्फबाट त्यसरी प्रवेश दिनेभन्ने कुरा हुदैन्, जिम्मेवारी कञ्चपुरबाट खटिएको टोलीको हो, राम्रोसंग हेरिदीनु भनेर आग्रह गरेका छौ ।’
कैलालीको सुरक्षा टोलीले मोहनापुल वारीमात्रै हेर्ने भएको छ । नाका स्थापना भएदेखि नै गौरीफन्टामा कैलालीको सुरक्षा टोली खटिएको थियो । डोकेबजार क्षेत्रमा भारतबाट आएका नागरिकलाई नराख्न र उक्त क्षेत्रमा खटिएको कैलालीको सुरक्षा टोलीलाई फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दवाव दिदै आएको थियो ।

बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.