एजेन्सी। अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ६० लाख नाघेको छ। विश्वको कोरोना भाइरस संक्रमण अद्यावधिक गर्ने वर्ल्डओमिटरका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ६० लाख १ हजार १ सय ३ पुगेको छ। तीमध्ये १६ हजार ३ सय ७८ जनाको अवसथा गम्भीर रहेको छ।
त्यस्तैगरी हालसम्म १ लाख ८३ हजार ६ सय ७७ जनाको ज्यान गइसकोको छ भने कुल संक्रमितमध्ये ३३ लाख १४ हजार ६ सय ४४ जना कोरोना जितेर घर फर्किसकेका छन्।
संक्रमित संख्याका आधारमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल र तेस्रोमा भारत रहेको छ। ब्राजिलमा ३७ लाखभन्दा बढी तथा भारतमा ३३ लाखभन्दा बढी संक्रमितहरु रहेका छन्।
