धनगढी,९ भाद्र- धनगढीमा प्रहरीले भन्सार छली गरि ल्याएका मोबाईलका ब्याट्री सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका वडा नम्बर १ पशुपति टोलका बर्ष ३३ का साने आलम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
३३ हजार तीन सय ६० बराबरको मूल्य पर्ने दुई सय ७८ वटा मोबाईलका ब्याट्री सहित उनलाई आईतबार धनगढीवाट पक्राउ गरिएको हो ।
बरामद गरीएका व्याट्री सहित आलमलाई आवश्यक कारबाहीका लागी भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्ता प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताए ।
