धनगढी, ७ भाद्र- कोरोनाभाइरसका कारण रोकिएका बलिउडका फिल्मी कामहरु अहिले शुरु भएका छन् । कोरोनाका कारण फिल्महल बन्द भएपछि बलिउडका फिल्महरु डिजिटल माध्यमबाट रिलिज हुन थालेका छन् ।
यस्तै बलिउड अभिनेता बरुण धवनको फिल्म कुल्ली नम्बर १ पनि डिजिटल माध्यमबाट रिलिज हुने भएको छ । यस फिल्ममा बरुण धवन सँगै अभिनेत्री सारा अली खानको पाि अभिनय रहेको छ । डेविड धवनले निर्देशन गरेको यस फिल्मको छयांकन पनि सकिएकोले डिजिटल रिलिजको तयारीमा रहेको भारतिय मिडियामा जनाइएको छ ।
सन् १९९५ को फिल्म ‘कुल्ली नम्बर १’मा अभिनेता गोविन्दा र अभिनेत्री करिश्मा कपूर, परेश रावल लगायतका कलाकारको अभिनय रहेको थियो । यस फिल्मलाई दशर्हकले निकै रुचाएका थिए ।