काठमाण्डौ ६ भाद्र- नायक पल शाहले चलचित्र र म्यूजिक भिडियो करिअरसँगै सामाजिक सेवामा पनि आफूलाई अगाडि बढाइरहेका छन् । लकडाउनको समयमा चलचित्र प्राविधिकहरुको टोली लिएर राहत बितरण गर्न आछाम जाने पल शाहले बताएका छन् । कालिकोटमा आएको पहिरो पिडितका लागि ५ लाख बराबरको खाद्यान्न उपलब्ध गराएका पल शाहले विभिन्न समयमा सामाजिक काम गर्दै आएका छन् ।
लकडाउन खुलेपछि म्यूजिक भिडियोको काममा व्यस्त पल भने राहत बितरण गर्न कालिकोटतर्फ लागेका छन् । पल शाह प्रतिष्ठान र हाम्रो टिम नेपालको सहकार्यमा कालिकोटका ४० घर परिवारलाई सिरक–डसना, खाद्यान्न सामाग्री वितरण गरिनेछ । पलले कालिकोटबाट आछाममा पनि जाने योजना रहेको बताए । विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएपनि आफूहरुले काठमाण्डौबाट नै पास बनाएकाले कुनै समस्या नभएको पलले बताए ।