धनगढी, ४ भाद्र- प्रहरीद्वारा किशोर कुटिएको घटना बुझ्न राष्ट्रिय मानवअधिकार आयोग धनगढीले कञ्चनपुर प्रहरीलाई पत्र पठाएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ मा रहेको अस्थायी प्रहरी पोष्ट वाणीमा कार्यरत प्रहरीको कुटपिटबाट स्थानीयन १५ वर्षीय सुनिल चौधरीको कानको जाली फुटेको बिषय सञ्चार माध्यममा आएपछि घटना बुझ्न जिल्ला प्रहरी कञ्चनपुरलाई बिहिबार पत्र पठाएको हो ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय धनगढीकी मावनअधिकार अधिकृत प्रकृति सिहले पत्र काटी उक्त घटनाको बिषयमा हाल सम्म भएको सम्पुर्ण बिषय खुलाई आयोगको कार्यालयमा बुझाउन पत्राचार गरेकी छिन् ।
अहिले पिडित चौधरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । चौधरी र उनीकी आमा अनिता चौधरी माछा मार्दै गरेको अवस्थामा प्रहरी जवान भट्टले एक्कासी कुटपिट गरेका पिडितको आफन्तको आरोप छ ।