भोज मन्नी
मसुरिया ४ भाद्र- बाढीले कैलालीको गौरीगंगा ९ शंकरपुर खेदकुद मैदान जाने बाटोमा पर्ने कल्भर्ट जमिन भासिएको छ । खेदकुद मैदान जाने बाटोको कल्भर्टको नालीमा बर्षाको भेल निकास नहुन कल्भर्ट भासिएको हो ।भासिएको कल्भर्ट र बाटो नबनाउदा खेलकुद मैदानमा ओहोरदोहर गर्न खेलाडीहरुलाई समस्या भएको मसुरिया फुटबल एकेडेमीका प्रशिक्षक मिलन ओलीले वताए ।
बाढीले कल्भर्टको माटो बगाएपछि सो ठाउँमा ठूलो खाडल परेको छ । बाढीले कल्भर्टको नाली छेउमा ५० मिटर जमिन कटान समेत गर्दा थप समस्या भएको छ । जमिन कटान भएपछि मसुरिया फुटबल एकेडेमी र मसुरिया व्याडमिन्टन क्लवको भवन भत्किने जोखिममा रहेको छ । क्लबको भवन कटानको जोखिम रहेकोले खेलाडीहरुले कटान रोक्न कट्टामा बालुवा राखेर नियन्त्रणको प्रयास समेत गरेका छ्न । दैनिक जसो बिहान साझ बिहान खेलाडीहरु प्रशिक्षण गर्न जाने गरेका छन ।
कल्भर्टको नालीको माथिको माटो बगाएर खाडल परेपछि सवारी साधन जान बन्द भएको छ । पानी निकास हुने होमपाइप साघुरो बनाएकोले ठूलो कल्भर्ट बनाउनुपर्ने वडा न ९ शंकरपुरका ओम प्रकाश आचार्यले वताए । नदीबाट ढुंगा निकासी बन्द भएकोले कल्भर्टको नाली बनाउन ढिलाइ भएको वडा न ९ का अध्यक्ष हरिप्रसाद तिवारीले वताए ।