काठमाडौं। बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन ९पीएसजी० च्याम्पियन्स लिगको उपाधिका लागि भिड्ने भएका छन्। फाइनल खेल आइतबार लिसबनको बेनफिकाको रङ्गशालमा हुनेछ। बायर्नले बुधबार राति पोर्चुगलको लिस्बनमा भएको दोस्रो सेमिफाइनल खेलमा लियोनलाई ३–० गोलले पराजित गरेको हो।
बायर्न ११औँ पटक प्रतियोगिताको फाइनलमा पुगेको हो। बायर्न पछिल्लो २८ खेलमा अपराजित रहेको छ। बायर्नका लागि सेर्जी जिनर्बीले दुई गोल तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे। जिनर्बीले खेलको १८औँ मिनेटमा पहिलो गोल गरेका थिए। यस्तै उनले खेलको ३३औँ मिनेटमा दोस्रो गोल गरे। खेलको ८८औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले बायर्नका लागि तेस्रो गोल गरेका थिए।
पिएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई पराजित गरी फाइनलमा स्थान बनाएको हो। पिएसजी पहिलो पटक फाइनलमा पुगेको हो।