सुर्खेत
भदौ १,
नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले कालिकोटका बाढी पहिरोमा परि ज्यान गुमाएका पीडित परिबारलाई पाच लाख राहत बितरण सहयोग गर्ने घोषणा गरेका छन् । बर्षायाम लागेसँगै बाढी र पहिरोबाट कालिकोटमा ठुलो धनजनको क्षेती भएकोमा दुख व्यक्त गर्दै कांग्रेस नेता शाहीले बाढी र पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारहरुलाई व्यक्तिगत रुपमा पाँच लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।
गत असार यता कालिकोटमा बाढी र पहिरोमा परी ३५ जनाको ज्यान गएको छ । करीव ५ सय भन्दा बढी घरहरु भत्कियका छन् । झण्डै एक हजार भन्दा बढी परिबारहरु बिस्थापित छन् । यो बिपत र दुखद घडिमा राज्य र सरकारको अभिभावकिय भुमिका हुन पर्नेमा सरकार आफ्नो जिम्मेवारिबाट चुकेको छ । २०७० सालको दोस्रो संबिधान सभा र २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्बाचिनमा नेपाली कांग्रेसको तर्फबाट उम्म्द्वार समेत रहेका युवा नेता शाहीले भने, ‘यस्तो प्राकृतिक बिपतको घडिमा मैले सरकारको आलोचना गर्ने मात्रै भन्दा पनि दुइ दुइ पटक सांसद पराजित उम्मेद्वार भएकै नाताले मेरो पनि केहि कर्तब्य हुन्छ भन्ने मैले ठानेको छु । यहि कर्तब्य र मानवियताको नाताले मेरो तर्फबाट पाच लाख बराबरको केहि नगद र केहि आवश्यक सामग्री मृतकका परिवारजनहरुलाई सहयोग गर्ने जानकारी गराउदछु ।’ उनले यो दुखद र पिडाको बेला सरोकारवाला निकाय र सम्बन्धीत सबैमा सामाजिक सेवा र मानवियताको नाताले सक्दो सहयोग गर्न अपिल पनि गरे ।
केही दिन अगाडी मात्र लालिघाट टिप्पर दुर्घटनाका पीडित परिवारहरुलाई राहत बितरण गरेका शाहीले आफुले कालिकोटका नागरिकहरुको सेवामा सधै लागिरहने बताए । उनले भने, ‘म ३२ बर्षको उमेरमा नेपाली कांग्रेस पार्टीबाट सांसदको उम्मेद्वार भए । कालिकोटका आम नागरिकहरुको माया, ममता र सद्भाव पाएको छु । अब यसको गुन यहाँका नागसिकहरुलाई समस्यामा सहयोग गरेर तिर्ने लक्ष्य लिएको छु ।’ उनले जिल्लामा बाढी र पहिरोका कारण आफन्त गसमाएका, घर बगाएका, सम्पती गुमाएका र गासबास कपास बिहिन भएका नागरिकहरुलाई तत्काल उचित राहत र क्षेती पुर्ति दिन सरकारसँग माग पनि गरेका छन् ।