धनगढी १ भाद्र- सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित प्रहरीको संख्या १७ पुगेको छ। कैलालीमा कार्यरत थप एक जना प्रहरीमा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या १७ पुगेको हो।
प्रदेश प्रहरी कार्यालयका अनुसार बाजुराका ६, कञ्चनपुरका ५, कैलालीमा चार, अछामका दुई गरी १७ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक मुकेश सिंहले सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या १७ पुगेको बताउँदै अधिकासंले कोरोना जितेको बताए।
उनले १२ जनाले कोरोना जितेको र ५ जनाको उपचार भईरहेको दिनेश खवरलाई जानकारी दिए। कैलालीका चार र कञ्चनपुरका एक जनाको आईसोलेसनमा उपचार भईरहेको प्रहरी वरिष्ठ उपरिक्षक सिंहले बताए।