एजेन्सी । लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले प्रिमियर लिगको ुम्यानेजर अफ दि सिजनु अवार्ड जितेका छन् । प्रिमियर लिगले शनिबार क्लोपलाई २०१९र२० को सिजन उत्कृष्ट प्रशिक्षक घोषणा गरेको हो । जर्मन प्रशिक्षक क्लोपले लिभरपुललाई प्रिमियर लिगको उपाधि दिलाएका थिए ।
लिभरपुलले ३० वर्षपछि पहिलोपटक लिगको उपाधि जितेको थियो । क्लोपले फ्रान्क लाम्पार्ड, कृष् विल्डर, ब्रेण्डन रोजर्सलाई पछि पार्दै अवार्ड जितेका हुन् । क्लोपले यसै वर्ष ुएलएमए म्यानेजर अफ दि इयरु अवार्ड समेत जितेका थिए । लिग म्यानेजर्स एसोसिएसनले क्लोपलाई वर्ष प्रशिक्षक अवार्ड प्रदान गरेको हो ।