• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

छाडा चौपायाका कारण बढ्दो सडक दुर्घटना

"चौपायाको घाँटीमा रिफ्लेटिभ स्टीकर "

धनगढी, ३० साउन/पछिल्ला दिनहरूमा पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सबैभन्दा बढी छाडा चौपाया हुने भएकाले दुर्घटना पनि बढ्दै गएका छन् ।

घटना– १
गत असार १३ गत धनगढी उप–महानगरपालिका–१३, का ३० वर्षीय महेश भट्टले चलाइरहेको मोटरसाइकल एक्कासि गाईमा ठोक्किन पुग्यो । सडकमा छाडा छोडिएको गाई मोटरसाइकलसँग ठोक्किएपछि दुर्घटना भयो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएको थियो । उनको उपचारका क्रममा चार दिनपछि मृत्यु भयो ।

घटना–२

साउन १७ गते घोडाघोडी नगरपालिका–१० का प्रमेश चौधरीले चलाइरहेको मोटरसाइकल छाडा चौपायामा ठोक्किन पुग्यो । छाडा चौपायासँग ठोक्किएर दुर्घटना हुँदा तीन जना घाइते भए । घाइते मध्ये प्रमेशको उपचारका क्रममा निधन भयो ।

यी प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समयमा सडक दुर्घटनाको प्रमुख कारक छाडा चौपाया बन्न थालेका छन् । रातिको समयमा हुलमा छाडा चौपाया सडकमै बास बस्ने भएकाले पनि दुर्घटना बढ्ने गरेको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रमुख एसपी लोकेन्द्र श्रेष्ठले बताए । उनले भने,‘पछिल्लो समयमा दुर्घटनाको प्रमुख कारक छाडा चौपाया नै हो ।’

छाडा चौपाया ट्राफिक जामको प्रमुख चुनौतीका रुपमा पनि देखिएको उनले बताए । ‘बजारमै छाडा चौपाया निर्धक्क हिँडिरहँदा ट्राफिक प्रहरीलाई सवारी साधन व्यवस्थित गर्ने कि चौपाया धपाउने भन्ने समस्या पर्ने गरेको छ,’ उनले भने,‘मुख्य सडक तथा बजार क्षेत्रमा छाडा चौपायामुक्त गर्नका लागि स्थानीय तहले सहयोग गर्नु जरुरी छ ।’ उनले स्थानीय तहले छाडा चौपाया व्यवस्थापन गरिदिए दुर्घटना कम हुने र ट्राफिक जामको समस्या हट्ने बताए ।
पछिल्ला दिनहरूमा पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सबैभन्दा बढी छाडा चौपाया हुने भएकाले दुर्घटना पनि बढ्दै गएको उनले बताए । चालू आर्थिक वर्षको पहिलो महिनामै मात्रै अहिलेसम्म छाडा चौपायाका कारण पाँच वटा दुर्घटना भइसकेका छन् । ५ वटा दुर्घटनामा ८ जना घाइते हुनुका साथै एक जनाको मृत्यु भइसकेको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक वर्षमा छाडा चौपायाका कारण १० वटा दुर्घटना भएको बताउँदै उनले भने,‘अघिल्लो वर्षमा १० वटा दुर्घटना भएका थिए,तर चालू आर्थिक वर्षको पहिलो महिनामै मात्र ५ वटा दुर्घटना भइसकेका छन् ।’ छाडा चौपायाको विगविगीका कारण पछिल्लो समयमा सडक दुर्घटना बढ्दै गएको उनले बताए ।

छाडा चौपायाले रातिको समयमा बढी दुर्घटना गराउने गरेको पनि उनले बताए । ‘सडकमै छाडा चौपाया बस्दा दुर्घटना बढ्ने गरेको छ,’ उनले भने,‘रातिको समयमा गाई गोरु सडकमा बस्दा सवारी चालकले नदेख्ने र ठोक्किएर दुर्घटना हुने गर्छ ।’ छाडा चौपायाका कारण सबैभन्दा बढी अत्तरिया, लालपुर, चौमाला, मसुरिया, पहलमानपुर, सुखड, बौनिया तथा लम्कीमा दुर्घटना हुने गरेका छन् । त्यो पनि रातिको समयमा पूर्वपश्चिम राजमार्गमा हुल बाँधेरै छाडा चौपाया बस्दा दुर्घटना बढ्ने गरेको ट्राफिक प्रहरी बताउँछन् ।

छाडा चौपायासँग सवारी साधन ठोक्किएर दुर्घटना बढ्न थालेपछि यसको व्यवस्थापनका लागि स्थानीय तहसँगको सहकार्यमा व्यवस्थापन गर्नुपर्ने बताउँदै एसपी श्रेष्ठले भने,‘हामीले यहाँका स्थानीय तहलाई छाडा चौपाया नियन्त्रणका लागि सहयोग गर्न भनेका छौँ, कोरोनाका कारण केही ढिला भयो ।’

गाईको घाँटीमा रिफ्लेटिभ स्टीकर

अत्तरिया क्षेत्रमा छाडा चौपाया बढ्दै जान थालेको र दुर्घटना पनि बढ्न थालेको भन्दै स्थानीयले छाडा गाईको घाँटीमा रिफ्लेटिभ स्टीकर लगाउन थालेका छन् ।

रातिको समयमा सडकमै बस्ने छाडा चौपायाका कारण दुर्घटना बढ्न थालेको भन्दै चौपायाको घाँटीमा टाढैबाट चम्कन रिफ्लेटिभ स्टीकर लगाइएको मालाखेती इलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए । उनले भने,‘रातिको समयमा सडकमा रहेका छाडा पशुचौपायबाट हुने दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले गाई गोरुको घाँटीमा रिफ्लेटिभ स्टीकर लगाउने अभियान थालेका हौँ ।’

अत्तरिया क्षेत्रमा पशु चौपायाका कारण सडक दुर्घटना बढ्न थालेको भन्दै स्थानीय शिवम् अटो ह्वील्सका प्रोप्राइटर कमल ओझाले रिफ्लेटिभ स्टीकर प्रहरीलाई सहयोग गरेका हुन् । ओझाको सहयोगमा स्थानीय युवा र प्रहरी मिलेर छाडा चौपायाको घाँटीमा स्टीकर बाँध्न थालेका हुन् । हरेक दिन बेलुकी पाँच बजेबाट बजार क्षेत्रमा आउने चौपायाको घाँटीमा रिफ्लेटिभ स्टीकर बाँध्ने गरिएको ओझाले बताए । रातिको समयमा सडकमा बसेका छाडा चौपायालाई सवारी चालकले टाढैबाट देखून् भन्ने उद्देश्यले घाँटीमा स्टीकर बाँधिएको बताउँदै उनले भने,‘दुर्घटना न्यूनीकरण गर्न हामीले यो अभियानको सुरुवात गरेका हौं ।’
पुष्पराज जोशी/नागरिक दैनिक

शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.