धनगढी, ३० साउन/धनगढी उप–महानगरपालिका–१४ फूलबारी प्रहरी चौकीमा मृत भेटीएका ४५ वर्षीय अमरबहादुर चन्द घटनापछि सीमा प्रहरी चौकी बहुलियाका इन्चार्ज प्रहरी नायब निरिक्षक जंगबहादुर सिंह जिल्ला तानिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले ईन्चार्ज सिंह सहित दुईजना प्रहरी जवानलाई जिल्ला तानिएको बताए । उनले इन्चार्ज सिह र घटना भएका बेला डिउटीमा रहेका जवानलाई जिल्ला तानेर छानविन भईरहेको बताए। उनको ठाउँमा प्रहरी नायब निरिक्षक गोपाल सार्कीलाई पठाईएको छ।
घटनाको छानविनका लागि सुदूरपश्चिम सशस्त्र प्रहरी गणका प्रहरी उपरिक्षक (एसपी) राजिप बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन समेत गरिएको छ । प्रदेश प्रहरी कार्यालयले एसपी बस्नेतको संयोजकत्वमा समिति गठन गरेको हो। उक्त समितिले घटनाको छानविन गरी प्रतिवेदन बुझाउने छ।