धनगढी २९ साउन- धनगढीमा झण्डै डेढ करोड लगानिमा फर्निचर तथा फर्निसिङ व्यवसाय सञ्चालनमा आएको छ । धनगढीको कैलाली पुल नजिक शिखर फर्निचर तथा फर्निसिङ सप्लायर्स सञ्चालनमा ल्याएको सञ्चालक कृष्ण पाण्डे र चेतराज फुलाराले बताए ।
बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका किचन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री उपलब्ध हुने उनको भनाइ छ । यस्तै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजार गुणस्तरीय र सहजै उपलब्ध गराउने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याएको सञ्चालकले बताए ।
मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचर धनगढीमा सहजै पाउन सकिने बताए । कृष्ण पाण्डेकै धनगढी उपमहानगरपालिका वडा नम्बर १४को डिपुबजारमा पनि कृष्ण फर्निचर उद्योग समेत संचालन गर्दै आएका छन् ।