सुर्खेत
जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधवार राति ठुलो धनराशिको सुन बरामत गरेको छ ।
विशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलिले वीरेन्द्रनगर नगरपालिका वडा नं.३ बाट उक्त सुन बरामत गरेको हो ।
‘विशेष सुचनाको आधारमा वीरेन्द्रनगर नगरपालिका ३ मान बहादुर सुनारको घरमा सुन रहेको भन्ने थाहा पाईसकेपछि हामी राति नै गएर उनको घरलाई खानतलासि गर्दा केहि पहेलो रंगको धातु जस्तो देखिने भेटिएको सत्य हो तर त्यो सुन नै हो भन्न अहिले सकिदैन, त्यो सुनको जलव दिएर बनाएको पनि हुन सक्छ, ‘जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद धर्तीले भने, ‘बाकि हामि अनुसन्धानको प्रक्रियामा लागिरहेका छौ,।’
मान बहादुर सुनारको घरमा भेटिएको सुन भनिएको बस्तु मान बहादुर सुनारले धाराको मुनि तिर लुकाइएको अबस्थामा प्रहरीले भेटाएको प्रवक्ता धर्तीले जानकारी दिए । बाहिर ठुलै धनराशिको सुन छ भन्ने आधारमा त्यहाँ गए पनि भनिएको जस्तो ठुलो धनराशिको सुन नभेटिएको धर्तीले बताए ।
बाहिर करोडौको भनि हल्ला गरिएको भए पनि प्रहरीले सुन भनिएको बस्तु भेटाएको मध्य २ थान हातमा लगाउने कडा, १६ थान चुडा, ४ थान श्रीफुल, ५ थान झुम्का, ३ थान क्लिप, १ थान काँटा, भेटिएको छ अन्य ठाउँमा पनि लुकाएर राखेको हुन सक्ने अनुमान गरिएको हुनाले सुनारलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
सो सुन भनिएको बस्तु भारतबाट ल्याएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । अन्य ठाउँमा पनि लुकाएको हुन सक्ने अनुमान गरिएको हुनाले मान बहादुर सुनारलाई नियन्त्रणमा लिएर बाकि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
