धनगढी, २८ साउन/बाजुराको बडिमालिका नगरपालिका ८ बस्ने मोहन रावल दुबइ अन्तराष्ट्रिय बिमानस्थलमा अलपत्र परेका छन् । मंगलवार राति नेपाल आउने जहाज छुटेपछि बिमानस्थल भित्र अलपत्र परेको बडिमालिका नगरपालिका ८ अध्यक्ष प्रकाश रावलले वताएका छन् । मोहन कामका लागि दुबइमा तिन बर्ष पहिलो गएका थिए ।
बिमानस्थलमा चेकजाँच गर्ने बेला छुटेको मोहन रावलले टेलीफोनमा वताएका छन् । बल्ततल्ल नेपाल आउन लागेको थिए, त्यसैमा जहाज छुटेका कारण एरपोटमा अलपत्र परेको बताएका छन् । उनले उद्धारका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् । बिमानस्थलका अनुसार इख्भ्च्क्त्ब्थ् OVERSTAY FINE को कारण FLIGHT छुट्न गई अलपत्र परेका हुन ।
मोहन सँगै अहिले एक रुपैया पनि छैन । यहाँ सम्म कि पानी खाने पैसा सम्म छैन । FINE तिर्न नसकेर उनि प्रतिबन्धित छन जसकारण न अब उनि बाहिर जान सक्छन नत अर्को FLIGHT नै छ । BAN भए पनि भित्र त छिरे तर अर्को FLIGHT कहिले हो यकिन छैन ।
माेहनले सहयाेगका लागि अपिल गरेका छन् ।
उनकाे ब्यक्तिगत बिबरण :
Name: Mohan Rawal
Passport no: 10145531
Mobile: 0524321835
