दयाराम पण्डीत
बाजुरा २८ साउन- गौमुलगाँउपालिका २ अजयटोड्कीको झुलङ्गे पुलबगाँउदादुई दिन गाँउनै सम्पर्क बिहिन बनेको छ । त्यहाँ कोही जान सकेको छैन्, फोन समेत सम्पर्क छैन कति क्षति भएको जानकारी हुन नसकेको गाँउपालिकाले वताएको छ । त्यहाँ के कति क्षति भएको छ । जानकारी आउन नसकेको बुझीएको छ । पुलसँगै बस्ति समेत जोखिममा परेको छ ।
झुलङ्गे पुलबगाँउदा तलदुुगन र मल दुुगुनको आवागमन ठप्पभएको छ । गौमुल गाउँपालिकाको फुलफाटा विद्यालयबाट मंगलवार दिउसो केहीब्यक्ती सम्पर्कमा आएको स्थानयि बासिन्दा एबं नेपाल तरुणदल जिल्ला कार्यसमिती सचिब हिरेन्द्र रोकायालले जानकारी एि ।
गाउँमा गौमुल खोला पसेपछि स्थानियमाथि लेकछानामा ओत लागेका छन् । गाउँ डुवानमा छ खेतवारी पुरै वगेको सचिव रोकाय जानकारी दिए । गाउँलेको उद्धारको लागि राहात स्वरुप खप्तड मालिका युवा सञ्जाल बाजुराले ३० वटा त्रिपाल र १५ क्वीन्टल चामल बोकेर देववहादुर रोकायाको नेतृत्वमा उद्धार टोली गाउँगएको बताइएको छ ।
भौगोलिक विकटता र जिल्लाका विभिन्न सथानमा बाढीपहिरो बढेसंगै अजयकोटवासीको उद्धारमा ढिलाइ भएको प्रहरी श्रोतले बताएको छ । जिल्ला प्रहरी कार्यलय बाजुरा काप्रहरी प्रमुख टंकप्रसाद भट्टराइले भने पुल बगाएको हुँदा प्रहरी घटना स्थल पुग्न नसकेको वताएका छन् ।
अजयटोड्की गाँउमा उद्धारका लागि हेलिकप्टर आबश्यकता भएपनि राज्य बेखबर बनेको खाद्द अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदनराज जैशीले बताए । स्थानियलाइ खाध्यन्न लगायत राहतको आबश्यकता रहेको छ । तत्काल हेलिकप्टर बाट ब्यबस्थापन गरिनु पर्ने जैशीले वताएका छन् । गाँउपालिका अध्यक्ष हरिबहादुर रोकायाले भने गृह मन्त्रीलाईनै भेटेका छौ, उद्धारका लागि पहलभइरहेको वताएका छन् । खाद्यअधिकार मञ्च बाजुराले जिल्लाको बाढीपहिरो पिडीतलार्य तत्काल राहात थाब्यबस्थापन गर्न प्रमुख जिल्ला अधिकारी गैरेलाई ध्यानकर्षण पत्र बुुझाएको बताएको छ ।
बाजुरामाआइतवार रातिको अबिरल बर्षासँगै बुढिगंगा नदिमाआएको बाढिले साफे मार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिज बगाएको छ । बेलीबिज्र बगाए सँगै सदरमुकाममार्तडी सम्मको सडक यातायात सम्र्पक टुटेको छ । बुढिगंगा नदिमाआएको बाढिले नदिमा रहेका ५ वटा झुलङ्गे पुलबगाएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । गौमुल गाँउपालिका ३ वटा र २ वटा बडिमालिका नगरपालिकामा रहेका झुलङ्गे पुल बगाएको छ । पुल बगाँउदा एक गाँउ बाट अर्को गाँउको आवतजावत सँगै सम्पर्क बिक्षेत भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख टंक प्रसाद भट्टराइले वताए ।
आईतवार रातिआएको अविरल वर्षाकाकारण बुढिगंगानदी तटीय क्षेत्रमालाखौं रुपिया वरावरको धनमाल क्षेती भएको छ । बडीमालिका नगरपालिका भौनेरा, राप्क, जडाङ्गा लगायतका ३६पविारको घर वगाएको , ६० परिवार विस्थापित भएको बडीमालिका नगरपािलकाका नगरप्रमुख पदम बडुवालले बताए । नगरप्रमुख बडुवाल उपप्रमुख कविता विष्ट र निमित्त प्मुख प्रसाशकीय अधिकृत रंगमल विकको टोली घटाना स्थलमै पुुगेर राहात वितरण गरिएको थियो ।
तत्काल राहात स्वरुप सोमवार विहानै नेपाल रेडक्रस सोसाइटीलाई अनरोध गरेर ४२ पिस त्रिपाल र भांडावर्तन सहयोग मागरे वितरण गरेको । ९६ परिवारकालागि कपडा तथा भांडा कुंडी सेभद चिल्ड्रेनले सहयोग गर्ने । बुढीगंगा नदिमाआएको बाढिले घागर, भौनेरा, रापकलगाएत तटिय क्षेत्रका सबै बस्तीमा ठूलो क्षेती भएको छ । दर्जनौ घर समेत बगाएको छ । बडिमालिका नगरपालिका २ घागरमा १८ घर, बडिमालिका ६ जडाङ्गामा ६ घर बगाएको छ । त्यस्तै गौमुल गाँउपालिका २ सिममा ८ घर बगाएको छ । गौमुल गाँउपालिका १ र २ मा रहेको अधिकांश बस्तिबिस्थापित भएको गाँउपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।
बाजुराको मुख्य राजमार्ग साफेँ मार्तडी सडक खण्डपनी क्षदबिक्षेद भएको छ । सोे सडकको ६२ ठाउँमा पहिरो गएका छन । सडक खण्डमा रहेका दुईवटा पुल बगाइ सकेको छ । ताप्रिसेरामा रहेको पक्किपुल २ हप्ता पहिला बगाएको थियो भने बेलिब्रिज आईतवार राति बगाएको छ । जथाभावी सडक निर्माण गरेकै कारण बाजुराका ग्रामिण क्षेत्रका वासिन्दाले उच्च जोखिममा परेका छन् ।