धनगढी, २६ साउन- कैलालीको धनगढी उपमहानगरपालिका १९ मोहना नदी र खुटिया नदीको संगम स्थलको भंगालोमा ५८ जान मध्ये १९ जानको सोमबार अबेर राती मात्रै उद्यार गरेको छ ।
धनगढीमा उद्यार गर्न गएको टोलीले अबेर राती १० बजे मात्रै सुरक्षित स्थानमा ल्याउन सफल भएको जिल्ला आपतकालिन कार्यसंचालन समितिका अधिकृत चेतन खड्का सुदूरपत्रलाई जानकारी दिए । भंगालोमा फसेका ५८ जना मध्ये २९ जनालाई सुरक्षित स्थानमा ल्याएर घर पठाएको अधिकृत खड्काले जानकारी दिए ।
अन्य २९ जनाले आफै भोली मात्रै आउने प्रतिबद्धता जनाएपछि उतै बसेको बताईएको छ । सोमबार साँझ कैलालीको धनगढी उपमहानगरपालिका १९को लालपुर नयाँ बस्तीबासीका खेतीपाती मोहना र खुटिया नदीको संगम क्षेत्रमा गोडमेल गर्ने समयमा एक्कासी नदीबको बहाव बढेर त्यतै फसेका थिए ।
ढिलोगरी जानकारी भएका कारण उद्यार टोली धनगढीबाट राती ८ बजे मात्रै घटना स्थलमा पुगेको थियो । धनगढीबाट विपद व्यबस्थापनको टोली रेडक्रस, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्यारका लागि घटना स्थल पगेको थियो ।
खेतमा मुमफली गोडमेल गर्न गएका ५८ जनको किसानहरु समुह सो क्षेत्र गएका थिए । उद्यार गरी सबै टोली धनगढी फर्किसेको छ । नदीमा अहिले पानीको बहाव पनि घटन थालेको बताईएको छ ।
कति जना उद्यार गरियो नामावली यस्तो छ ।

यसरी भएको थियो उद्यार अबेर राती ।



