कैलाली, २६ साउन/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवं सेती–महाकाली ब्यूरो इन्चार्ज ओम पुन पुनः कारागार चलान गरिएको छ । सोमबार जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको एकल इजलासको उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
तर उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जिल्ला अदालत कैलालीका सूचना अधिकारी नर बहादुर नेगीले जानकारी दिए ।
पुनकी श्रीमती पूर्णिमा धामीलाई साधारण तारिखमा रिहा भएकि छिन् । धामी अखिल नेपाल महिला संगठन (क्रान्तिकारी)की सेती–महाकाली ब्यूरो इन्चार्ज हुन् । धनगढीमा आफन्त भेट्न गएका दुवै जनालाई कटुवा पेस्तोल र गोली सहित प्रहरीले असार ३१ गते लखटेर पक्राउ गरेको थियो ।
