एजेन्सी- माउरिजियो सारीको स्थानमा युभेन्टसले पूर्व खेलाडी आन्द्रे पिर्लोलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ । एक हप्ताअघि पनि युभेले पिर्लोलाई अन्डर २३ टोलीको म्यानेजर नियुक्त गरेको थियो । च्याम्पियन्स लिगको अन्तिम १६ मा शुक्रबार लियोनसँग पारजित हुँदै युभेन्टस बाहिरिएपछि सारीलाई एक सिजनपछि पनि बर्खास्त गरेको थियो ।
यता, पिर्लोले सन् २०२२ को जुनसम्मका लागि करारमा हस्ताक्षर गरेका छन् । पूर्व मिडफिल्डर गत जुलाई ३० मात्र मात्र टोलीका अन्डर २३ म्यानेजर नियुक्त भएका थिए ।
पिर्लोले युभेका लागि सन् २०११ र २०१५ को बीचमा १६४ खेल खेलेका थिए । यस क्रममा उनले चारवटा लिग उपाधि जितेका थिए । इटालीका लागि ११६ खेल खेलेका उनले टोलीलाई सन् २००६ को विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेक ाथिए । उनले सन् २०१७ मा खेलबाट सन्यास लिएका थिए ।