बैतडी, २६ साउन- बैतडीमा एक महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका ३ स्थित न्वादेउ स्थ्यचौकी अन्र्तगतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ बर्षीया अनमी जानकी भट्ट माथि कुटपिट भएको हो। स्थ्यकेन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको जानकीले उनले दिइन्।
पुर्चौडी नगरपालिका ३ का २४ बर्षीय मोहन कुँवर र २१ बर्षीय विरेन्द्र कुँवरले कुटपिट गरेको बुझिएको छ। स्थानीय एक बिरामीलाइ स्लाईन चढाइरहेका बेला युवकहरुले कुटपिट गरेको उनले बताइन्। “बृद्धा आमा कान नसुन्ने हुनुहुन्थ्यो, उहाँसंग ठुलो स्वरले बोल्दै गर्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गालीगलौच गर्दै कुटपिट गरे।” युवाहरुको कुटपिटबाट जानकीको हातको औला भाचिँनुको साथै मुख र छाती र टाउकोमा चोट लागेको छ।
युवकहरुले स्वास्थ्यकेन्द्रमा कार्यरत स्वीपर कार्यालय सहयोगी बिमला कुँवरमाथि पनि हातपात गर्नुका साथै कार्यालयमा रहेका कागजात पनि च्यातेका थिए। स्वास्थ्यकर्मीमाथि कुटपिट र दुव्र्यवहार भएकोले आफूहरु समेत असुरक्षित रहेको न्वादेउ स्वास्थ्य चौकीका इञ्चार्ज गणेश धानुकले बताए। उनले भने, “स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने जोसुकैलाई पनि कानुनी कार्बाही हुनुपर्छ, स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बन्नुपर्छ।” यसैबिच कुटपिट गर्ने ती दुबै युवक फरार रहेका छन्। फरार रहेका मोहन कुँवर र विरेन्द्र कुँवरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
