एजेन्सी- भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार ट्वीट गर्दै उनले अस्पतालमा अन्य चेकजाँचका लागि जाँदा कोरोना परीक्षणमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
८४ वर्षीय मुखर्जीले आफूसँग गत हप्ता सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन र आइसोलेट गर्न आग्रह गरेका छन् । भारतमा आइतबारसम्म २२ लाख बढी संक्रमित बेला परिसकेका छन् । आइतबार थप ६२ हजार ११७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।
विश्वभर २ करोडभन्दा बढी भाइरसबाट संक्रमति भइसकेका छन् । पछिल्लो २० दिनमा मात्र थप ५० लाख कोभिड–१९ संक्रमित थपिएका छन् । यसमध्ये ९।७२ लाख भारतका रहेका छन् । पछिल्लो समय ब्राजिल र अमेरिकामा नयाँ संक्रमितको संख्या स्थिर भइसकेको छ भने भारतमा भने यो बढ्दो क्रममा रहेको छ ।