धनगढी,२६ साउन। कैलालीको धनगढी उम–महानगरपालिका अन्तरगत हुलाकी सडक खण्डमा ट्राफिक प्रहरीले यात्रुलाई मास्क बितरण गरेको छ ।उप–महानगरपालिकाको फूलवारीमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टले हुलाकी सडकमा यात्रा गर्दा मास्क नलगाएका यात्रुहरुलाई मास्क बितरण गरेको हो ।
देशका बिभिन्न स्थामा ट्राफिक प्रहरीले मास्क नलगाएकाहरुलाई जरिवना गर्ने गरेको भए पनि हुलाकी सडक खण्डमा भने मास्क बितरण गरेको छ । कोरोना भाईरसबाट बाँच्न मास्क लागाएर आवत-जावत गर्नु पर्छ भन्ने सन्देश दिन मास्क वितरण गरिएको अस्थाई ट्राफिक प्रहरी पोस्ट फूलवारीका प्रमुख ईश्बर बहादुर सिंहले जानकारी दिए ।
हुलाकी सडक खण्डका बिभिन्न चोकमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई रोक्दै, सम्झाउदै करिब १ हजार थान मास्क बितरण गरिएको थियो । मास्क बितरण कार्यमा धनगढी उपमहानगरपालिका वडा नम्बर १४,१८ र १९का वडा अध्यक्ष,नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत सहभागिता रहेको थियो ।