धनगढी २६, साउन- गए राती देखी आएको अविरल वर्षाले धनगढीका ३ घर डुबानमा परेको प्रहरीले जनाएको छ। धनगढीको क्याम्पस चोक आसपासका ३ घर डुबानमा परेको जानकारी प्राप्त भएपछि उद्धार टोली खटाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो।
अहिले धनगढीको एलएनचोक, सेती प्रादेशिक अस्पताल, मिलन चोक, तारानगर क्षेत्र जलमग्न भएको छ। प्रहरीले जोखिम क्षेत्रमा गई उद्धारको कार्य जारी राखेको जनाएको छ।