धनगढी, २५ साउन/जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गौरिगंगा नगरपालीका–३ बस्ने २१ बर्षीया अर्जुन चौधरी रहेका छन् । प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कैलालीले २०७३ जेठ २७ गते उनलाई ९ बर्ष ३ महिना २९ दिन कैद र नगद २५ हजार जरिवाना फैसला सुनाएको थियो । चौधरीलाई नियन्त्रणमा लिएर अदालत पेश गरेको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
