कैलाली,२५ साउन- श्वासप्रश्वासमा समस्यामा देखिएपछि डडेल्धुरा अस्पताल भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । थप उपचारका लागी सेती प्रादेशिक अस्पताल ल्याउदै गर्दा उनको बाटोमि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका ४ बस्ने डडेल्धुरा गन्यापधुरा गाउँपालिका ३ की ३८ वर्षीया महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना भएको थियो ।
डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएकी महिलाको बाटो मै मृत्यु भएको होझ जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले भने ञअहिले शव सेती प्रादेशिक अस्पतालको लास घरमा राखिएको छ ।झ
मृतक महिलाको कोरोना परिक्षणको तयारी भइरहेको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।