धनगढी, २४ साउन- कञ्चनपुरको बतासे झरना पर्यटकको रोजाइमा पर्ने स्थान हो । सरकारले लकडाउन जारी गरेसम्म आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुगेनन । अहिले सरकारले लकडाउन खुल्ला गरेपछि पुनः आन्तरिक पर्यटकहरुको भीड लाग्न थालेको छ ।
शनिबार यही गुनासो सुनेपछि इलाका प्रहरी कार्यालय झलारीको टोली त्यहाँ पुगेको थियो । तीन सय बढी मोटरसाइकल झरना भन्दा केही वरका पसल तथा खेतबारीमा पार्किङ गरिएको अवस्थामा रहेको कार्यालयका प्रमुख धर्मेन्द्र रावलले बताए ।
उनका अनुसार विना पास सरकारी कार्यालयका पाँच वटा मोटरसाइकल पनि त्यही भेटिए । नेपाल आयल निगमका दुइ र बेलौरी नगरपालिकाका तीन वटा मोटरसाइकल विना पास सोही स्थानमा फेला परेका थिए ।
प्रमुख रावलका अनुसार नेपाल आयल निगमका से१म ८७, ८५ र बेलौरी नगरपालिकाको म१व २८०, १९० र सु।प।प्र–०२–००१–व ५६८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको छ । उनले सबैको सवारी पास अनुमति पत्र राखिएको र आइतबार जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न भनिएको बताए ।