बझाङ, २४ साउन/बझाङको छबिसपाथिभेरा–२ बिर्ताका ६२ वर्षीय धुर्पु अयडी शुक्रबार बिहान मृत फेला परेका छन्। स्थानिय ठुलिखुलि खोला नजिकै उनको शव बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
मृतक अयडीको टाउकोमा गम्भीर चोट देखिएको छ। यस आधारमा कसैले हत्या गरेर फालेको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बमले बताए। अघिल्लो दिन स्थानिय बजार वरिपरि देखिएका अयडी कसरी मृत भेटीए भन्ने बिषयमा खोजी गरिरहेको र शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल बझाङमा राखीएको उनले बताए ।
बझाङमा वृद्ध मृत फेला, हत्याको आशंका
बझाङमा वृद्ध मृत फेला, हत्याको आशंका