कैलाली, २३ साउन/ बझाङको केदारस्यु गाउँपालिका–५ मा रहेको श्री रत्न माध्यामिक विद्यालयको सोलार स्थानीय शिक्षकहरुले आ–आफनो घरमा लगेका छन् ।
शिक्षकहरुले विद्यालयको सोलार व्यक्तिगत प्रयोजनको लागी आफ्नो घरमा लगेका छन् । बिद्यालयका जिम्मेवार व्यक्तिलेनै सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्दै आएको स्थानियको गुनासो छ ।
विद्यालयमा २६ सय वाटको सोलार जडान गरिएको थियो, तर विद्यालयको सार्वजनिक सम्पत्ति शिक्षकहरुले दुरुपयोग गर्दा समेत विद्यालय व्यवस्थापन समिती मौन् छ ।
विद्यालयका प्रध्यानध्यापक विरभद्र बिष्टले आफुलाई जानकारी नभएको बताए । उनले लकडाउन अघि एक जना शिक्षक रघुबिर बोहरालाई कार्यालयको कामको लागी दिएको र अन्य शिक्षकहरुले लगेको बारेमा जानकारी नभएको जनाए ।
सार्वजनिक सम्पत्तिको दुरुपयोग, बिद्यालय सोलारको लाइन शिक्षकले लिए आफ्नो घर
सार्वजनिक सम्पत्तिको दुरुपयोग, बिद्यालय सोलारको लाइन शिक्षकले लिए आफ्नो घर