• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मोटरसाइकल ठक्कर दिने सभामुखका छोरालाई लागेन कानुन

कैलाली, २३ साउन/ गत शनिबार दिउँसो २ बजेतिर जिल्ला प्रशासन कार्यालय बझाङको बा १ झ ९२५० नम्बरको गाडीले एक मोटरसाइकललाई ठक्कर दियो। पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–६ मा बा ३२ प ६४५३ नम्बरको मोटरसाइकलमा ठक्कर लागेपछि चालक सिद्ध जयगढी गम्भीर घाइते भए। बर्दगोरिया गाउँपालिका–४ घर भएका जयगढी धनगढीतर्फ आउँदै थिए।
गम्भीर घाइते उनलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज रिफर गरिएको छ। जयगढी अहिले नेपालगन्जमै उपचाररत छन्। तर उक्त घटनाको वास्तविकता भने अर्कै छ। घटनालाई लुकाउन खोजिएको पाइएको छ।

घटनाक्रम यस्तो छ

दुर्घटनालगत्तै सरकारी गाडी घटनास्थलमै छोडेर सवार सबै फरार भए। ट्राफिक प्रहरीले उक्त गाडी नियन्त्रणमा पनि लिए र घटनास्थल नजिक कसैलाई पनि जान दिइएन, बरु उल्टै गाडीको नम्बर प्लेट हिलोले छोपिदिए। जिल्ला प्रशासन कार्यालय बझाङका सहायक सिडियो राम बहादुर सार्कीका अनुसार उक्त गाडीमा ५ जना सवार थिए ।
आफूसहित अनुसन्धानका डिएसपी देवेन्द्र थापा, जगत विष्ट र सुरेश जोशीसँग सवार रहेको सार्कीले बताए। सहायक सिडियो सार्कीले आफू पायल्सको बिरामी रहेकोले उपचारका लागि लम्की जाँदै गरेको जानकारी दिए ।
गाडी कसले चलाएको थियो भन्ने प्रश्नमा भने उनले उत्तर दिन आनाकानी गरिरहे। लगातार प्रश्न गरेपछि प्रशासनका चालक जनक ऐरले नै चलाएको उनले दाबी गरे। तर चालक ऐर बिदामा थिए। उनले लगातार गाडी चालक ऐरले नै गाडी चलाएको दाबी गरिरहे तर ‘कुरा बाझियो नि सर, घरमा रहेको चालकले कसरी गाडी चलाउँछन् भन्ने प्रश्न गरेपछि ‘हामी कर्मचारीहरुले कतिपय कुरा खोल्न नमिल्ने र बाँकी प्रमाण जिल्ला प्रहरी कार्यालय कैलालीमा रहेको’ उनले बताए। यो बिषयमा बुझ कैलालीका डिएसपी प्रतीक विष्टलाई सम्पर्क गर्दा उनको फोन सहप्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले उठाए। उनले सा’ब बिरामी भएको भन्दै उनको जिम्मेवारी आफूले हेर्ने गरेको बताए। तर यो घटनाको विषयमा भने उनले पनि बोल्नै चाहेनन् ।
आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। उनले हामीलाई उल्टै प्रश्न गरे, किन चाहिएको हो ररु स्रोतका अनुसार सोही दिन चालक जनक ऐर प्रशासन कार्यालयबाट बिदा लिएर कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित आफ्नो घर गएका थिए ।
प्रशासनको उक्त गाडी सुदूरपश्चिम प्रदेशसभा सभामुख अर्जुन थापाका छोरा देवेन्द्र थापाले चलाएका थिए। सहायक सिडियो सहितको टोली चिसापानी घुम्न निस्किएको स्रोतको दाबी छ। सत्ता र शक्तिकै आडमा प्रशासनको गाडी चलाएर मोटरसाइकललाई ठक्कर दिने सभामुखका छोरा देवेन्द्रलाई न त प्रहरीले पक्राउ गरेको छ, न त सत्य नै बाहिर आएको छ।

उल्टै उनलाई जोगाउन र घटना लुकाउन प्रहरीले अनेक अस्त्र प्रयोग गरिरह्यो। उता इलाका प्रहरी कार्यालय लम्किचुहा प्रहरीले भने उक्त घटनाका विषयमा कुनै कुरा बोल्न चाहेन ।
हामीलाई बोल्ने अधिकार नभएको भन्दै बोल्न मानेन्। सबै जानकारी जिल्ला प्रहरी कार्यालयमा दिएको र डिएसपी सा’बले नै जानकारी दिने भन्दै फोन राखे। प्रहरीले दुर्घटना भएको हप्ता दिन बितिसक्दा समेत सत्ता र शक्तिको आडमा कसैलाई पक्राउ गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय कैलालीले भने दुवै पक्ष आपसमा समझदारी गरेर गएको जनाउँदै आएको छ।

जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले घाइतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च जिल्ला प्रशासन कार्यालयले बेहोर्ने सहमति भएको बताए। जिल्ला प्रहरी कार्यालय कैलालीले सानालाई ऐन, ठूलालाई चैन गरेको भन्दै सामाजिक सञ्जालमा सर्वत्र आलोचना भइरहेको छ।
भिडीयो हेर्न यो लिकंमा क्लिक गर्नुहोस् ।। https://youtu.be/XISvZv3Pfws

शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.