धनगढी,२३ साउन – मञ्चिय नाटक र म्युजिक भिडियोबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका डोटेली नायक बोग्टानी किङको लगानीमा निर्माण थालिएको डोटेली चलचित्र नन्दीको पोष्टर सार्वजनिक भएको छ ।
शुक्रबार दिउँसो सार्वजनिक भएको पोष्टरमा भिलेनलाई लखेट्दै गरेको दृश्य राखिएको छ । सिएस फिल्मस् प्रालिको व्यानरमा निर्माण गरिएको चलचित्र नन्दीको यसअघि टिचर सार्वजनिक भइसकेको थियो ।
यसैगरी सुदूरपश्चिमको मौलिक पर्व ओल्केको अवसर पारेर नन्दी चलचित्रको ट्रेलर सार्वजनिक गरिने भएको छ । यस अघी सार्बजनिक भएको नन्दी फिल्मको ‘ओ साईवउ’ बोलको गितले समेत निकै चर्चा पाईसकेको छ ।