धनगढी, २३ साउन- भारतको बैंग्लोरमा रोजगारका शिलसिलामा गएका कैलाली फर्कने क्रममा नेपाली सवार बस छत्तिसगढमा दुर्घटना भएको छ ।
३६ जना नेपाली सवार बसमा कैलालीको घोडाघोडि नगरपालि र गौरिगंगा नगरपालिकाका रहेको सोही बसमा सवार घोडाघोडी नगरपालिका ४का ४ टेकराज अम्मैले सुदूरपत्र अनलाईनलाई जानकारी दिए ।
लामो गन्तव्य भएका कारण बस चालक निदाएर गाडिले सडकबाट नालिमा गएको छ । सो क्षेत्र धनगढी सिमाना भारतको गौरीफन्टाबाट ११ सय किलो मिटंर टाढाको दुरीमा पर्दछ । घाईतेहरुको स्थानिय अस्पतालमा समान्य उपचार गरि फर्किएका छन् ।
