धनगढी, २३ साउन- कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ ब्यवस्थीतनगरमा रहेको कोपिला सामुदायिक बन उपभोक्ता समितिको कार्यालयमा बिहिबार अनिश्चीतकालिन तालाबन्दी गरीएको छ ।
सामुदायिक बनका उपभोक्ताहरुले बिभिन्न माग राख्दै कार्यालयमा अनिश्चीत कालिन तालाबन्दी गरेको जनाइएको छ । बर्तमान कार्यसमितिले लामो समयदेखि सामुदायिक बनको साधारण सभा नबोलाएको, आर्थिक आरदर्शि नभएको, उपभोक्ताहरुले बनबाट सहजै पाउने सेवासुविधाहरुमा कठिनाई भएको आरोप लगाउदै उपभोक्ताहरुले तालाबन्दी गरेका संघर्ष समितिका संयोजक रंगप्रसाद तिमिल्सैनाले जानकारी दिए ।
यस अघि गत जेठ १ गते, २०७६ मा समेत बिभिन्न मागराख्दै उपभोक्ताले सामुदायिक वनको कार्यालयमा तालाबन्दी गरेका थिए । लकडाउन खुकुल भएसंगै साधारण सभा बोलाई आयब्याय सार्बजनिक गर्ने, बैज्ञानिक बन बनाउन तत्कालको लागि प्रक्रिया रोक्ने, उपभोक्ताको सरसल्लाहा अनुसार नै कार्यसमिति अघिबढ्ने लगाएका सहमति पछि वडा अध्यक्ष भक्तबहादुर चलाउनेको रोहोबरमा संर्घष समितिले ताला खोलेको थियो ।
लकडाउन खुकुलो भई सक्दा समेत बर्तमान बनको कार्यसमितिले साधारण सभा देखि लिएर सामुदायिक बनको आयब्याय सार्बजनिक गर्न फेरीपनी आनाकानी गरेपछि संघर्ष समितिले बर्तमान कार्यसमितिको राजिनामाको माग सहित सामुदायिक वनको कार्यालयमा तालाबन्दी गरेको संर्घष समिति संयोजक उपभोक्ता तिमिल्सैनाले बताए ।
यता सामुदायिक बनले भने सामुदायिक बनका कार्यालय प्रमुख रंगबहादुर रावलका अनुसार गतबर्षको साधारण सभा विबिध कारणले बस्न नसकेको र अर्को अर्थिक बर्ष समेत सकिएकोले दुबै आर्थिक बर्षको आन्तरीक लेखापरिक्षण गराई भदौ महिनामा साधारण सभा बोलाउने समितिले निर्णय गरेको बताएको छ ।