धनगढी, २२ साउन- कैलालीको लम्की चुहा –३ बलचौर स्थित मक्तकमैया सामुदायिक वन घेरबारको काडे तार र सयौ पोल ताडफोड गरेको छ । साउन २० गते राती अज्ञात समुहले सामुदायिक वन क्षेत्र घरबार गरेको काडे तार र पोल तोडफोग गरेको मुक्तकमैया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दीपु चौधरीले जानकारी दिए । २१ गते बिहान बन हेरालु वन क्षेत्रमा गस्ती जादा जानकारी गराउदा मात्रै उक्त घटना सार्बजनिक भएको अध्यक्ष चौधरीले जानकारी दिए ।
काडे तार र पोललाई ताडफोड गर्दा समुदायिक वनको लाखौको नोक्सान भएको सामुदायिक वनले जानकारी दिएको छ । सामुदायिक वन बिरोधीले यस्तो कृयाकलाप गरेको हुन सक्ने अनुमान भएको समुहका अध्यक्ष चौधरीले जानकारी दिए । तर त्यहाँस्थित मुक्तकमैया र बादी समुदायले संरक्षणमा जुटेपछि सो वनको मुहार फेरिएर हराभरा मात्रै भएन, चोरी शिकार समेत नियन्त्रणमा आएको कोषाध्यक्ष चौधरी बताउँछन् । तर चोरी शिकार गर्न नपाएपछि वन जोगाउन गरिएको संरचनामा तोडफोड गरिएको हुन सक्ने उनको भनाइ छ ।
उनले भने–‘हामीले जोगाएको वन सबैभन्दा राम्रो हुँदै आएको छ । तर राम्रो देख्नै नचाहने व्यक्तिहरुले सुनियोजित ढंगले तोडफोड गरेका छन् । पूरै आधुनिक अतिहारसहित आएको समूहले नै तोडफोड गरेका हुन् । यो घटना हाम्रो पसिना माथिको प्रहार हो ।’
घटनाको स्थलगत अध्यन डिभिजन वन कार्यालयका प्रमुख कृष्ण भट्टको नेतृत्वको टोली समेत बिहिबार सो क्षेत्र अनुगमन गरेको छ । सामुदायिक वन क्षेत्रमा एक हजार भन्दा बढी पोलहरुमा क्षति पुगाएको प्रमुख भट्टले जानकारी दिए । सो क्षेत्रमा अहिले गस्ती समेत बढाईएको छ ।