दार्चुला: दार्चुलाको दुहु गाउँपालिका– ३ चौपातीमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। प्रहरीले ५५ वर्षीय नरबहादुर बमलाई आमा ८४ वर्षीया नारुदेवीको हत्या गरेको आरोपमा पक्राउ गरेको हो।
नारुदेवी घर नजिकैको खहरे खोलामा बुधबार मृत भेटिएकी थिइन्। मानसिक सन्तुलन ठिक नभएको कान्छो छोरा नरबहादुरले नारुदेवीलाई मारेको गाउँलेको आरोप छ। मानसिक सन्तुलन ठिक नभएका नरबहादुरले आमालाई कुटपिट गरेको गाउँलेले प्रहरीलाई खबर गरेपछि उनी पक्राउ परेका हुन्।
प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले वृद्धाको घाँटीमा घाउ रहेको बताए। ब्रह्मदेव प्रहरी चौकीले नरबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए।
