काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा पुगेको छ। बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा युनाइटेडले अस्ट्रियन क्लब लास्कलाई २(१ ले हराएको हो। युनाइटेडले पहिलो लेग ५(० ले जितेको थियो।
खेलको ५५औँ मिनेटमा वेसिंगरको गोलमा अग्रता बनाएको लास्कले त्यसको दुई मिनेटपछि नै गोल खान पुगेको थियो। लिङ्गार्डले नाइटेडका लागि बराबरी गोल गरेका थिए। खेलमा अन्तिम दुई मिनेट बाँकी रहँदा मार्सियलले गोल गर्दै युनाइटेडलाई जित दिलाए।
आउने सिजनका लागि च्याम्पियन्स लिगमा स्थान बनाइसकेको युनाइटेडले यो सिजन युरोपा लिगमा अब क्वार्टरफाइनल खेलमा एफसी कोपनहेगनसँग खेल्नेछ। खेल अगस्ट १० मा जर्मनीमा हुनेछ।