कैलाली ,२० साउन/ कंचनपुरको पुनर्वास नगरपालिकामा सिमा क्षेत्रबाट हुने कुखुरा तथा अण्डाजन्य उत्पादनको तस्करी रोक्न किसान संघले नगर कमिटी गठन गरेको छ ।
पछिल्लो समय पुनर्वासका विभिन्न अवैध सिमा नाका हुदैँ तस्करी बढ्दै गएको छ । सुरक्षा निकायलाई छलेर लुकाईछिपाई ब्रोईलर कुखुरा तथा अण्डाजन्य उत्पादन अवैध रुपमा हुने तस्करीलाई रोक्न कमिटी गठ्न गरीएको हो र
भारतबाट ठुलो परिमाणमा कुखुराजन्य उत्पादन अवैध रुपमा भारतबाट आउने र नेपाली उत्पादनले बजार नपाउने गरेको भन्दै किसानहरु एकजुट भएका हुन् । मंगलबार पोल्ट्री फर्म सञ्चालकहरुलाई एक जुट गराई सिमाबाट हुँने तस्करीलाई रोक्न सो समिति गठन गरिएको कुखुरा तथा अण्डा उत्पादन किसान संघ पुनर्वासका अध्यक्ष अमर सिंह पन्तले जानकारी दिए ।
लकडाउनले भारतीय सिमा नाका सिल गरिएपछि अहिले पुनर्वासमा कम्तीमा ४० प्रतिशत बेरोजगार युवाहरु कुखुरा पालन तर्फ आकर्षित बनेका छन् । अध्यक्ष पन्तको अध्यक्षतामा बसेको बैठकले २१ सदस्यीय अनुगमन समिति गठन गरेको हो ।
सिमा क्षेत्रमा हुने तस्करी रोक्न युवा सक्रिय, कुखुरा तथा अण्डा उत्पादन किसान संघद्धारा समिति गठन
सिमा क्षेत्रमा हुने तस्करी रोक्न युवा सक्रिय, कुखुरा तथा अण्डा उत्पादन किसान संघद्धारा समिति गठन