धनगढी, २० साउन
हाम्रो सानो प्रयास अभियान नेपालले धनगढी उप–महानगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले धनगढी उप–महानगरपालिकाका मेयर नृप वहादुर वडलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको हो । अभियानका संयोजक पुकार बमले सेनीटाईजर २ सय १२ पिस, सेनीटरी प्याड ७० पिस, तुथब्रस ४ सय पिस, माक्स ३ सय ५० पिस सावुन २ सय ७० पिस, झुल २ सय १० पिस पिपिए २० थान, थुथ पेस्ट ४ सय पिस सहयोग गरेको बताए ।
उनले हाम्रो सानो प्रयास अभियान नेपालले हाल सम्म कोरोनाको नियन्त्रणका लागी १ सय २२ ठाउँमा सहयोग गरिएको बताए । उनले अभियान लाई विभिन्न देशमा रहेका नेपालीहरुले सहयोग गदै आएको बताए । स्वास्थ्य सामाग्री वुझदै धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले स्वास्थ्य सामाग्री सहयोग गर्ने संस्थालाई धन्यवाद दिएका छन् ।
उनले पछिल्लो समय कोराना भाईरस दिनप्रतिदन संक्रिय हुदै गएका कारण सवै नागरिकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँन आवश्यक रहेको बताए । उनले अहिले समय ब्यक्ति गत सरसफाई संगै घर परिवार, टोल समुदाय लाई पनि सफा राख्नु हरेक नागकिरको दायित्व भएको बताए ।