धनगढी, २० साउन/ कञ्चनपुरको लालझाडी गाउँपालिका–६ का ५० वर्षीय टीका राम चौधरीको शव रुखमा झुन्डिएको अवस्थामा भेटिएका छन् । साउन शुक्रबार घरबाटै हराएका चौधरीको शव ४ दिनपछि रुखमा झुन्डिएको अवस्थामा भेटिएको हो ।
उनको शव सोमबार घर नजिकैको उखुबारी भित्र रुखमा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिए ।
मृतक चौधरी कहिलेकाहीँ मदिरा सेवन गरेर ढिलोगरि घर आउने भएकाले खोजिमा चासो नदिएको परिवार स्रोतले जनाएको छ । मृत भेटिएका चौधरीको शव परिवारको जिम्मा लगाइएको छ ।
